गौतम बुद्ध विमानस्थलको उडान सेवाले नेपालकै आर्थिक विकासमा सरोकार राख्छः जजिरा एयरवेज

Advertisement

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा शुरु गरेको जजिरा एयरवेजले औपचारिक जानकारी दिएको छ । 

आज राजधानीमा पत्रकार सम्मेलन गरी उडान सेवाबारे औपचारिक जानकारी गराएको हो । कुवेतको अग्रणी एयरलाइन्स जजिराले जेठ १ गते गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो उडान सेवा सञ्चालन गरेको हो । 

Advertisement

पत्रकार सम्मेलनमा जजिरा एयरवेजका भाईस प्रेजिडेन्ट रविन्द्रन भाराथनले भने–‘जजिरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ नयाँ गन्तव्य थप्दै गइरहेको र यसले गर्दा कुवेत र मध्य पूर्वको डाइरेक्ट रुटले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ । यो हवाई सेवाले गौतम बुद्धको जन्मस्थल लुम्निीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ ।’

त्यसैगरी आरआर ग्रुप अफ कम्पनीजको भगिनी संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले जजिराको यस नयाँ गन्तव्यको उडानबाट भैरहवाको अन्तरिक पर्यटनमा टेवा पुर्याउने र समग्र नेपालकै आर्थिक विकासमा सरोकार राख्ने बताए । 
 
 
 

Advertisement

Advertisement