वाणिज्य बैंकहरुमा बैशाख महिनामा निक्षेप १९ अर्बले घट्दा कर्जा लगानी ६ अर्ब घट्यो

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा बैशाख महिनामा कूल निक्षेप १९ अर्बले घट्दा कूल कर्जा लगानी ६ अर्बले घटेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार बैशाख ३० गतेसम्म निक्षेप घटेर ४३ खर्ब ७० अर्बमा आइपुगेको छ । चैत ३० गतेसम्म कूल निक्षेप ४३ खर्ब ८९ अर्ब थियो । 

Advertisement

यसैगरी बैशाख २३ गतेसम्म ४३ खर्ब ७३ अर्ब रहेको निक्षेप बैशाख ३० गत आईपुग्दा घटेर ४३ खर्ब ७० अर्बमा आईपुगेको छ ।

त्यस्तै चैत ३० गतेसम्म ४१ खर्ब ९७ अर्ब रहेको कूल लगानी बैशाख ३० गतेसम्म आईपुग्दा घटेर ४१ खर्ब ९१ अर्बमा झरेको छ । कर्जा लगानी बैशाख २३ गतेसम्म ४१ खर्ब ९३ अर्ब रहेकोमा बैशाख ३० गते आईपुग्दा घटेर ४१ खर्ब ९१ अर्बमा झरेको छ ।  

Advertisement

Advertisement