चौधरी फाउण्डेसनद्वारा कान्ति बाल अस्पतालमा निर्मित ‘सारिकादेवी आकस्मिक कक्ष’ हस्तान्तरण

Advertisement

काठमाडौं । चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरि अस्पताल व्यवस्थापनलाई बुधबार हस्तान्तरण गरेको छ । आकस्मिक कक्षको स्तरोन्नती र विस्तारमा सारिकादेवी चौधरीको विशेष योगदान रहेको चौधरी समूहले जनाएको छ ।   

अस्पतालमा आयोजित कार्यक्रममा राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरे । फाउण्डेसनले १४ शैयाको इमरजेन्सी वार्ड विस्तार गरि २५ शैयाको निर्माण गरेको छ । नेपालका एकमात्र डलर अर्बपति चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कामका लागि चौधरी फाउण्डेसन स्थापना गरेका हुन् । 

Advertisement

फाउण्डेसनकी महासचिव सारिकादेवी चौधरीले आफू आमा रहेको र आफ्ना सन्तान विरामी पर्दा आमाहरुको मन कति पोल्छ ? भन्ने बारेमा आफुलाई गहिरो अनुभूति रहेको बताउँदै सर्वसाधारणका बालबच्चाले उपचार पाउने कान्ति बाल अस्पताललाई आफूले रोज्नुको कारण यही रहेको बताइन् । 

फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्राडा.युवनिधि बसौलालाई निर्माण सम्पन्न भएको वार्ड हस्तान्तरण गरेका थिए । हस्तान्तरणपछि उनले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई सन्तोष लागेको बताए । 

कान्ति अस्पताल देशकै मुख्य बाल अस्पताल हो । हरेक वर्ष करिव एक लाख ५० हजार विरामी बालबालिकालाई चिकित्सकीय सेवा प्रदान गरिरहेको यस अस्पताल ३७२ शैयाको छ । 

चौधरी फाउण्डेसनले हस्तान्तरण गरेको आकस्मिक कक्षको निर्माण लागत करिब दुई करोड ५० लाख रुपियाँ रहेकोे छ । पmाउण्डेसनले इमरजेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामग्री पनि उपलब्ध गराएको जनाइएको छ । फाउण्डेसनले इमरजेन्सी वार्डलाई निःशुल्क वाईफाई जोन पनि बनाएको छ । यसको लागि सीजी नेटको इन्टरनेट जडान गरिएको छ 

Advertisement

Advertisement