रिभर फल्सको आईपीओमा १८ लाख बढीको आवेदन

Advertisement

काठमाडौँ । रिभर फल्स पावर लिमिटेडको साधारण शेयर (आईपीओ) मा १८ लाख ३८ हजार ४ सय ३१ जनाको आवेदन परेको छ ।  

आवेदन दिन अन्तिम दिन आज साँझसम्म २ करोड ११ लाख ३२ हजार ८ सय २० कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । 

Advertisement

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीले बैशाख २८ गतेदेखि आजसम्म २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन खुल्ला गरेको थियो । 

कूल निष्काशनमध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।  

सर्वसाधारणका लागि छुट्याइएको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर २ लाख ५३ हजार ८ सय ९० जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

कम्पनी यसअघि आयोजना प्रभावितलाई ७ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ । 

कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । 

Advertisement

Advertisement