काठमाडौंमा कांग्रेस एमालेले मतपेटिका साटेर बालेनलाई हराउने आँट गर्दैनन्ः उपाध्याय

Advertisement

काठमाडौं । पूर्वसचिव एवं अभियन्ता भीम उपाध्यायले काठमाडौंका मेयरका लोकप्रिय उम्मेदवार बालेन शाहलाई ठूला भनिएका दलहरुले चाहेर पनि षडयन्त्रपूर्वक हराउन नसक्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले काठमाडौं बाहिर भए भन्न सकिन्थेन भन्दै तर काठमाडौंमा त्यो खालको आँट काँंग्रेस, एमाले, माओवादीले गर्ननसक्ने बताए । ठूलो दलले बालेनलाई हराउन रातारात षडयन्त्र गर्नसक्ने कतिपयको आशंका रहेको बेला उपाध्यायले त्यो खालको संभावना अब नरहेको स्पष्ट पारेका हुन् । 

Advertisement

उनले भने, ‘सबै मतपेटिका एक ठाउँमा आइसक्यो । सीसीटीभीले निगरानी गरिरहेको छ । सुरक्षाकर्मीहरु छन् । खोल्दा सबको अगाडि खोल्नुपर्छ । पर्यवेक्षकहरु पनि हुन्छन् । अब मतपेटिका साटेर  वा मतपत्र च्यातेर हराउन आँट गर्दैनन । राजधानी काठमाडौं बाहिर दुर्गम क्षेत्रमा भएको भए त्यो खालको बदमासी गर्छन कि भन्ने हुन्थ्यो । यहाँ गाह्रो छ ।’ बालेनले यसरी भोट ल्याउँछन् भन्ने थाहा पाएको भए पहिले नै उनलाई हराउन दल  र नेताहरु लाग्थे उपाध्यायले आम जनता नै उल्टिएर भोट हाल्छन् भन्ने कल्पना उनीहरुले पनि नगरेको बताए ।’

उपाध्यायले मतदाताले आ–आफ्नो दललाई हाले पनि मेयरमा बालेन शाहलाई हालेको बताउँदै काठमाडौंका सचेत मतदाताले आफ्नो विवेक प्रयोग गरेको बताए । पछिल्लो समयमा शहरी क्षेत्रका जनतामा राजनीतिक चेतनामा परिवर्तन देखिए पनि ग्रामीण क्षेत्रमा भने अझै पनि राम्रो मान्छे भन्दा आफूले भोट हाल्दै आएकोलाई नै भोट हाल्ने, विवेकपूर्ण मतदान गर्न खोल्नेलाई मनोवैज्ञानिक त्रास देखाउने, आर्थिक प्रलोभनमा उनीहरुलाई प्रभावित पार्ने गरेको बढी देखिएको छ ।

पूर्वसचिव उपाध्यायले बालेनलाई कुनै व्यक्तिको मान्छे वा कुनै समुदायको रुपमा प्रस्तुत गर्नु गलत  काम हो भन्दै विशेषगरी युवाहरुको आकर्षण, पढेलेखेको पनि, भिजन पनि भएको, काठमाडौंमै जन्मेहुर्केको र ठूला दल तथा तिनका नेताहरुप्रतिको जनताको वितृष्णाले गर्दा उनले राम्रो मत ल्याउन सफल भएको बताए । काठमाडौंका सचेत मतदाताले अब पहिला जस्तो कुनै क्षेत्र वा जातबाट प्रभावित भएर भोट हाल्ने वा नहाल्ने निर्णय नगर्ने उनले बताए । यो खालको सचेतना अब देशभर विकास हुने उपाध्यायको आशा छ । 

पूराना नेताहरुले जातीयता र क्षेत्रीयताको कुरा गरेर जनतालाई विभाजित गर्ने, बालेन आए पनि उनको संगठन छैन, काम गर्न सक्दैनन् भनेर मनोवैज्ञानिकरुपमा उनलाई कमजोर बनाउन प्रयास गर्ने काम गरेको बताउँदै उनले काम गर्न अवरोध गरिए अहिलेको जनता चुप लागेर नबस्ने बताए ।

पूर्वसचिव उपाध्यायले स्थानीय तहमा निर्वाचित पदाधिकारीहरु आफैमा स्वतन्त्र हुने र उनीहरु दलप्रति प्रतिवद्ध हुनुपर्ने बाध्यता नरहेको काठमाडौंको उपमेयरमा अग्रता लिएकी सुनिता डंगोल कुनै दलको सिफारिसमा उठे पनि काठमाडौंको विकासका लागि स्वतन्त्र ढंगले काम गर्नसक्ने बताए । 

Advertisement

Advertisement