आज (जेठ ५)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार ?

Advertisement

आज वि.सं.२०७९ साल जेठ महिनाको ५ गते बिहीबार, ज्येष्ठ कृष्णपक्षको चतुर्थी तिथि । 

मेष
व्यावहारिक भन्दा कल्पनात्मक स्वाभावका कारण कार्यसफलता मिल्न गाह्रो देखिन्छ । गर्नै नसक्ने खालका कामप्रति रुचि बढ्ने छ । आम्दानीमा गिरावट हुने छ । कर्मचारी, मजदुर तथा स्टाफका कारा कार्यालयमा तनावपूर्ण अवस्था आउने छ । नयाँ सवारीसाधन तथा वाहन खरिदको सम्भावना बलियो रहेको छ । शेयर बजारबाट फाइदा हुने छ । 

Advertisement

वृष
नेतृत्व क्षमताको कदर हुने छ । कार्यालयका कर्मचारीसँग सम्बन्धि विषयमा तनाव उत्पन्न हुने छ । जोखिमपूर्ण क्षेत्रका समस्या सुल्झाउन अग्रसर हुनु पर्ने छ । आम्दानीमा बृद्धि हुने छ । अरुको विश्वास आर्जन गर्न सकिने छ । प्रतिष्पर्धीहरु यथास्थानमा रहने छन् । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

मिथुन 
रसिक स्वाभावमा बृद्धि हुने छ । तर साथिभाइहरुसँग झैझगडा र तनावको अवस्था निम्तिने चुनौति छ । पेशागत क्षेत्रमा आफ्नै व्यक्तिगत कमजोरीका कारण समस्याहरु निम्तिने भएकाले सजग रहनु नै उचित होला । बोलीको प्रभाव फितलो बन्ने छ । शेयर बजार मध्यम खालको रहने छ । 

कर्कट
साथिभाइको साथ मिल्ने छ । तर खर्च भने धेरै बढ्न जाने छ । यात्राका क्रममा संयमता अपनाउनु नै उपयुक्त हुने देखिन्छ । योजना अनुसार आम्दानीमा पनि बृद्धि हुने छ । पेशागत जीवनमा नयाँ थालनी गर्न सोच बनाइएका क्षेत्रमा अवरोधहरुको सामना गर्नु पर्ने छ । नयाँ सामानको खरिदले भाग्य अभिबृद्धि गर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

सिंह
खर्चका क्रम बढ्न पुग्ने छ । सवारीसाधनसँग सम्बन्धि समस्या तथा उल्झनहरु भोग्नु पर्ने छ । पेशागत क्षेत्र अनुकुल नै रहने छ । आम्दानी अनुसार खर्चका मात्राहरु बृद्धि हुन जाने छ । व्यावसायमा रहेकाहरुलाई लाभ मिल्ने छ । सामाजिक छवि राम्रो बन्ने छ । शेयर बजारबाट फाइदा हुने छ । 

कन्या
परिवारमा मिलन हुने र साथ सहयोग हुने छ । मनोबल धेरै दृढ नभए पनि अत्याधिक कमजोर हुनबाट भने जोगिने छ । पेशागत क्षेत्रबाट कदर हुन थाल्ने छ । आलोचना गर्नेहरुले पनि आलोचनाहरु कम गर्न थाल्ने छन् । दाम्पत्य जीवनम मधुरता प्रकट हुने छ । शेयर बजारबाट भने लाभ मिल्ने छैन् । 

तुला
खर्चका क्रमहरु निरन्तर रहने छन् । चिटचिटाहटपना रहने हुँदा शान्त हुन निकै कठिन हुने छ । स्वास्थ्यसम्बन्धी खर्च गर्नु पर्ने अवस्था आउने छ । बोलीमा संयमिता अपनाउनु होला । स–सानो विषयमा पनि झिँझो लाग्ने भएकाले झैझगडाका क्रम बढ्ने छ । पेशागत जीवनमा गतिरोधको सामना गर्नु पर्ने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । 

वृश्चिक
धनको बृद्धि हुने छ । दृढतामा पनि बृद्धि हुने छ । तर घमण्डि शैलीको व्यक्तित्व हुने भएकाले यसबारेमा ध्यान दिनुहोला । पेशागत क्षेत्र पनि शुभ नै रहने छ । समय अनुकुल चलिरहेकाले व्यावसायबाट पनि लाभ मिल्ने छ । परिवारमा भने अशान्तिको अवस्था आउने छ । अरुलाई छिट्टै विश्वास गर्दा धोका पाइने चुनौति देखिन्छ । शेयर बजार मध्यम खालको बन्ने छ । 

धनु 
सामाजिक रुपमा आलोचना हुन जाने छ । राम्रो गर्न खोज्दा खोज्दै पनि त्यसको अपजस आउन जाने छ । संयम भएर पाइला चाल्नु पर्ने समय छ । पारिवारका सदस्यहरुका बीच द्वन्दात्मक अवस्था रहने छ । पेशागत क्षेत्र निरन्तर रुपमा अघि बढ्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

मकर 
परिस्थितिमा केही सुधार आउने छ । मनमा आशाका लहरहरु र दृढतामा विकास हुने छ । खर्चका क्रम भने बढ्न पुग्ने छ । आम्दानीमा हुने खुम्चाइले आर्थिक दबाब रहने छ । पेशागत क्षेत्रमा राहत मिल्ने छ केही सहज वातावरण तयार हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

कुम्भ 
मनमा अन्योलताका क्रम विद्यमान रहीरहने छ । घमण्डि खालको स्वाभावका कारण मित्र तथा आफन्तले दिएको सल्लाह नमान्दा नोक्सानी व्योहर्नु पर्ने छ । स्वास्थ्यमा समस्या आउँदा खानेकुराप्रति अरुचि बढ्ने छ । जीवनप्रति उत्साह र उमङ्ग भन्दा केही नैराश्यताका भाव देखिने छ । पेशागत क्षेत्र औसत रहने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

मीन
अवरुद्ध कामहरु पुनः शूरु हुने र गति प्राप्त गर्ने छन् । पेशागत जीवनमा नयाँ लहरहरु देखा पर्ने छ । कल्याणकारी सोचमा पनि बृद्धि हुने छ । आम्दानीमा बृद्धि हुने छ । परिवारमा भने किचलो कायम नै रहने छ, अविश्वासको दुरी बढ्ने देखिन्छ । प्राविधिक ज्ञान हासिल गर्ने मौका मिल्ने छ ।  शेयर बजारबाट फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement