Advertisement

Advertisement

काठमाडौँ । शेयर बजार पुनः घटेको छ । हिजो झिनो सुधार देखिएको बजार आज फेरि २३.५१ अंकले घटेको हो । १.०३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२५०.९१ अंकमा ओर्लिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज २१९ कम्पनीका ३७ लाख ९८ हजार २ सय ६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९ सय ९६ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

बजार घटेको दिन आज म्युचुअल फण्ड ०.११ अंकले बढे पनि बाँकी समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी जीवन बीमा समूह १७२.२८ अंकले घटेको हो । 

Advertisement

आज जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ७.४५ प्रतिशतले बढ्दा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ७.०८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज सबैभन्दा बढी प्रभु बैंकको संस्थापक शेयरको कारोबार भएको छ । उक्त बैंकको १२ करोड ८१ लख ७९ हजार ९ सय ६२ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

यो साताको पहिलो दिन मंगलबार ८४.९० अंकले बजार घट्दा १ अर्ब ६४ अर्ब ४० करोड ५० लाख २ सय ३९ रुपियाँ र हिजो बुधबार ८.९० अंकले बजार बढ्दा १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३ सय ४६ रुपियाँ बराबरको कारोबार भएको थियो । 

गत सोमबार भने बुद्ध जयन्तीका अवसरमा बजार बन्द भएको थियो । सरकारले शनिबार र आइतबार बिदा दिन थाले पछि भोलि शुक्रबार पनि शेयर कारोबार हुने नेप्सेले जनाएको छ । यसअघि आइतबारदेखि विहीबारसम्म पाँच दिन शेयर कारोबार हुने गरेको थियो । 
 

Advertisement

Advertisement