आयल निगमले इण्डियन आयलको पैसा तिर्न सकेन्, उधारोमा तेल ल्याउँदै बेच्दै

Advertisement

काठमाडौं । नेपाल आयल निगमले इडियन आयल कर्पोरेशनलाई इन्धन आपूर्तिको पूरै रकम भुक्तानी गर्न असुफल भएको छ । पेट्रोलियम पदार्थ आपूर्ति गरेअनुसार रकम तिर्न नसक्ने 
 
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य व्यापक रूपमा बढेसँगै आयल निगमले भुक्तानी सन्तुलन मिलाउन  नसकेको हो । उधारो बढ्दै जाँदा कुनै पनि दिन इण्डियन आयलले आपूर्ति बन्द गर्नसक्ने अवस्था सिर्जना भइसकेको निगम स्रोतको भनाई छ । 

निगम सञ्चालन गर्न योग्य भन्दै सरकारले केही दिनअघि नेपाली कांग्रेसका एक कार्यकर्तालाई संस्थानको कार्यकारी निर्देशक नियुक्त गरेको छ । तर उनले अर्थ मन्त्रालयसँग पैसा मागेर इण्डियन आयललाई भुक्तानी गर्न नसक्दा आपूर्तिमा कुनै पनि दिन अवरोध आउनसक्ने चुनौति बढेर गएको हो । 

Advertisement

सरकारले कांग्रेसनिकट इन्जिनियरहरुको संगठनका अध्यक्ष उमेशकुमार थानीलाई कार्यकारी निर्देशक बनाएको थियो । सम्वन्धित क्षेत्रमा ज्ञान नभएको र योग्यता नपुगेको व्यक्तिलाई गैरकानुनीरुपमा निगममा ल्याइएको भन्दै त्यसको विवादसमेत भएको थियो । 

उनी आएसँगै आपूर्ति व्यवस्थामा चुनौति थप्पिएर गएको छ । निगमकै सिफारिसमा हप्तामा दुई दिन विदा दिने निर्णय सरकारले गरे पनि स्थानीय निर्वाचनको मिति सक्किनासाथै निगमले पेट्रोल, डिजल र मट्टितेलमा भारी मूल्यवृद्धि गरेको थियो । तर पनि अझै महिनाको चार अर्बभन्दा बढी घाटा व्यहोर्दै आएको निगमले पैसा नभएपछि इण्डियन आयल कर्पोरेशनसँग उधारोमा तेल ल्याउन थालेको हो । 

यसरी रकम भुक्तानी नगरेर उधारोमा तेल ल्याउनुपर्ने अवस्था नआएको धेरै भइसके पनि अहिले सो अवस्था सिर्जना भएको भन्दै निगम स्रोतले यति बेला अर्थ मन्त्रालयबाट पैसा सापटी लिएर वा अनुदान लिएर उधारो रकम भुक्तानी गर्न निगम व्यवस्थापन असफल भएको बताए । 

निगमले प्रत्येक १५ दिनमा इण्डियन आयललाई रकम भुक्तानी गर्ने गर्दछ । उधारो बढ्दै जाँदा इण्डियन आयललाई भुक्तानी गर्नुपर्ने रकम झण्डै १३ अर्ब रुपियाँभन्दा धेरै पुगेको छ । इन्धनमा ठूलो कर अशुल गर्दे आएको सरकारले रकम भुक्तानी गर्न निगमलाई पैसा दिन भने आनाकानी गर्दै आएको छ । निगमका कार्यकारी निर्देशकको कमजोर कुटनीतिक क्षमताका कारण पनि पैसा ल्याएर भुक्तानी असफल भएको हो ।  बाणिज्य बैंकहरुबाट ऋण लिने निगमको प्रयासमा पनि बैंकहरुले खासै चासो दिएका छैनन् । बैंकहरु अहिले आफै तरलता संकटमा रहेका छन् । 

आपूर्ति प्रणालीमा समस्या आएमा अर्को ठूलो समस्या उत्पन्न हुनेतर्फ सरकार र निगम व्यवस्थापन सजग हुन नसकेको देखिन्छ । निर्वाचनमा खर्च गर्नु परेकोले पैसा नभएको बताउँदै आएको अर्थ मन्त्रालयले केही समय उधारो ल्याएर इन्धन बिक्री गर्न र मूल्यवृद्धि गर्न सुझाव दिएको स्रोतको भनाई छ । 

रुस र युक्रेनबीच जारी युद्धका कारण पछिल्ला केही महिनादेखि विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । यसले गर्दा नेपालमा खाद्यान्नदेखि सार्वजनिक यातायात र ढुवानीको भाडा बढेको छ ।  

निगमका अनुसार पेट्रोलमा २२ रुपियाँ ९४ पैसा, डिजलमा ३५ रुपियाँ ३३ पैसा घाटा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएकाले  पुनः मूल्य बढाउनुको विकल्प नरहेको निगमको भनाई छ । 

Advertisement

Advertisement