आज (जेठ ६)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोवार ?

Advertisement

आज वि.सं.२०७९ साल जेठ महिनाको ६ गते शुक्रबार, ज्येष्ठ कृष्णपक्षको पञ्चमी तिथि ।

मेष 
आकस्मिक लाभ प्राप्त हुने छ । दृढ खालको व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने बिबाद देखा पर्न पुग्ने छन् । प्राप्तिहरुमा पनि मनमा निराशाले सताउने छ । खुशीपना नआउने अवस्था आउने भएकाले मनलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । पानी, मदिरा, दुग्धजन्य व्यापार, डेरी, कोल्ड ड्रिङ्स जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । 

Advertisement

वृष
मनोबलको कमि हुनेछ । व्यक्तित्वमा ह्रास आउँदा निर्णय क्षमतामा गिरावट आउने छ । शारीरिक समस्याहरु देखा पर्ने छ । छाति, रगत, उच्चरक्तचाप जस्ता विषयमा सतर्क रहनुहोला । आम्दानीमा हल्का बृद्धि देखा पर्ने छ । शिक्षा क्षेत्र, शिक्षण, प्रध्यापक, स्टेसनरी, पुस्तक पसल जस्ता क्षेत्रमा संलग्नहरुलाई आम्दानीमा बृद्धि देखिने छ । 

मिथुन 
दृढ व्यक्तित्व बन्ने छ । तर बेला बेला दुविधात्मक व्यक्तित्व पनि देखिने हुँदा अरुले अन्योलग्रत आभाष गर्ने छन् । बोलीको प्रभावमा निकै गिरावट आउने छ । परिवारमा कुरा मिल्ने छैन् । पेशागत जीवन औसत रहेता पनि भाग्यको अभावका कारण उतारचढावको क्रम देखा पर्ने छ । होटल, रेष्टुरेण्ट, डान्सबार, बाउन्सर तथा सुरक्षा निकायमा सक्रियहरुलाई प्रतिकुल रहेको छ । 

कर्कट
रमाईलो वातावरणमा पनि रमाईलो अनुभुति हुने छैन् । रिस पनि धेरै उठ्ने भएकाले अरुले सन्काहा रुपमा हेर्ने भएकाले संयमित रहनु होला । बोलीमा कडापन आउने छ । पेशागत जीव्न सन्तोषजनक नै हुने छ । खासगरी सेवा, रोजगारी, श्रम क्षेत्र, मजदुरी, कवाडीको ब्यापार, छालाको व्यापार जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ । 

सिंह
नकारात्मक सपनाहरुले सताउने छ । धैर्य भएर पाइला चाल्नु होला । कमजोर व्यक्तित्व बन्ने छ । शारीरिक कमजोरीले सताउने छ । दाम्पत्य जीवनमा पनि कटुता आउने छ । खेल, सेक्युरिटि, सुरक्षा निकाय, अग्नि रक्षक, होलट रेष्टुरेण्ट जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल रहेको छ ।

कन्या
बौद्धिक गतिबिधितिर रुचि बढ्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउने हुँदा अरुले हेप्ने छन् । पेशागत जीवनमा अस्थिरता आउने छ । कार्यालयका प्रतिष्पर्धीहरुसँग प्रतिष्पर्धा गर्न डर लागे जस्तो हुने छ । बौद्धिक स्तर र पेशागत जीवनबीच तालमेल नमिल्दा निराशा आउने छ । जीवनसाथिको साथमा काम गरेमा राहत मिल्ने छ । 

तुला
पूर्वानुमान नै नगरिएका समस्याहरु पेशागत क्षेत्रमा देखा पर्दा व्यवस्थापन गर्न कठिन हुने छ । पेशागत जीवनमा चुनौतिहरुको सामना गर्नु पर्ने छ । त्यसैले संयम भएर मात्र पाइला चाल्नु होला । बोलीको प्रभावमा भारी गिरावट आउने छ । शिक्षा क्षेत्र, शिक्षण, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, ठोक्कापट्टा जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा मिल्ने छैन् । 

वृश्चिक
आर्थिक दबाब उत्पन्न हुने छ । आम्दानीमा गिरावट आउने छ । राखिएका लक्ष्यहरु तुहिने छन् । धैर्य भएर पाइला चाल्नु होला भने अतिमहत्वाकांक्षा पनि नलिनु होला । साझेदारीमा गरिएका कामहरुका बिबाद चर्किने छ । चुनौतिपूर्ण र धेरै जोखिम तथा प्रतिष्पर्धात्मक क्षेत्रमा रहेकाहरुलाई समय प्रतिकुल छ । 

धनु 
भाग्यहिनताको अनुभूतिले मनोवैज्ञानिक रुपमा असफलत हुने डर लागि रहने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा गम्भीर खाले मनमुटाव देखा पर्ने छ । सन्तानका गतिविधीबाट अपजस भोग्नु पर्ने छ । पेशागत जीवनमा समस्या आउन जाने भएकाले सतर्क रहनु होला । व्यक्तित्व दुविधात्मक हुने छ । मनमा शान्तिको अभाव हुने छ ।

मकर 
बोलीमा कडापना देखिँदा परिवारका सदस्यहरु आश्चर्य पर्न जाने छन् । यस्तो परिस्थितिले परिवारमा तनाव पनि ल्याउने छ । आँखा सम्बन्धी समस्या आउने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने भएकाले यसबारेमा सतर्क रहनुहोला । शारीरिक रुपमा धेरै कमजोरी उत्पन्न हुने छ । शिक्षा, परामर्श, होटल, रेष्टुरेण्ट, जलविद्युत जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल बन्ने छ । 

कुम्भ 
बोलीको प्रभाव बढ्ने छ । परिवारमा शान्तिको वातावरण अभिबृद्धि हुने छ । पेशागत जीवन सकारात्मक हुने छ । आर्थिक लाभ मिल्ने छ । पत्रकारिता, वाचन, निर्माणका काम, ठेक्कापट्टा, श्रम क्षेत्र, उद्योग कलकारखाना, भाडाका सवारीसाधन, हेभि इक्विमेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई लाभ मिल्ने छ । यात्रामा जाने सोच आउने छ । 

मीन
अनेक विषयमा मनमा विचारका तरङ्ग आउने हुँदा अनावश्यक दबाबको अवस्था आउने छ । पेशागत जीवन भने औसत तर केही स्थिरतर्फ जाने छ । पानी, कोल्ड ड्रिङ्स, दुध, पेय पदार्थ, मदिरा, आयात निर्यात जस्तामा पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ । आर्थिक लेनदेनमा भने ध्यान दिनुपर्ने देखिन्छ । मित्रहरुबाट साथ मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)
 

Advertisement

Advertisement