सुनको मूल्य प्रतितोला एक हजार रुपियाँ बढ्यो, ९७ हजार ३ सय रुपियाँमा कारोबार

Advertisement

काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपियाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ९६ हजार ३ सयमा कारोबार भएको थियो । 

Advertisement

त्यसैगरी आज तेजाबी सुन प्रतितोला ९६ हजार ८ रुपियाँमा कारोबार भईरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपियाँलेृ बढेर १ हजार २ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement