शेयर बजार ओरालो झर्दा एक अर्ब पनि पुगेन कारोबार

Advertisement

काठमाडौँ । साताको अन्तिम दिन पनि शेयर बजार घटेको छ । आजैबाट शुक्रबार पनि पहिलो पटक कारोबार शुरु भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.८२ अंकले घटेको हो । ०.७० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२३५.०९ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २२३ कम्पनीका २५ लाख २४ हजार २ सय ६८ कित्ता शेयर किनबेच हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रुपियाँ बराबरको कारोबार भएको हो । नेप्से तल झरेसँग आज अर्ब भन्दा तलको कारोबार भएको हो । 

बजार घटेको दिन आज म्युचुअल फण्ड ०.०७ अंकले बढेको छ भने बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १३९.४३ अंकले घटेको हो ।

 

बजार घटेको दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी २.७३ प्रतिशतले बढेको छ भने तेह्रथुम पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.९४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज अरुण काबेली पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड २ लाख ४५ हजार ५ सय ७ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

यो साताको पहिलो दिन मंगलबार ८४.९० अंकले बजार घट्दा १ अर्ब ६४ अर्ब ४० करोड ५० लाख २ सय ३९ रुपियाँ, बुधबार ८.९० अंकले बजार बढ्दा १ अर्ब ३२ करोड ६३ लाख २० हजार ३ सय ४६ रुपियाँ  र हिजो विहीबार २३.५१ अंकले बजार घट्दा १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९ सय ९६ रुपियाँ बराबरको कारोबार भएको थियो । 

गत सोमबार भने बुद्ध जयन्तीका अवसरमा बजार बन्द भएको थियो । 
 

Advertisement

Advertisement