सगरमाथा आरोहण गरेकी आफ्नी उडान परिचालिकालाई हिमालय एयरलाइन्सले स्वागत गर्यो

Advertisement

काठमाडौं । हिमालय एअरलाइन्सले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आफ्नो वरिष्ठ उडान परिचारिका ओम्निका डंगोलसहितको सगरमाथा आरोहण टोलीलाई स्वागत गरेको छ ।  

गएको सोमबार बिहान ७ बजेर ३० मिनटमा सगरमाथाको सफल आरोहण गरेकी उनलाई एयरलाइन्सको कार्यालयमा शुक्रबार स्वागत गरिएको हो । स्वागत कार्यक्रममा कम्पनीका अध्यक्ष झो एन्योङ र भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले स्वागत गरे । 

Advertisement

थमसेर्कु ट्रेकिङद्धारा सञ्चालित आरोहण अभियानको हिस्सा भएर सगरमाथाको आरोहण गरेकी ओम्निकालाई स्वागत गरेपछि अध्यक्ष एन्योङले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण परियोजना हो । ओम्निकाले हिमालय एअरलाइन्सको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्कनुभएकोमा हामी अत्यन्त खुसी छौं ।’ 

उनले हिमालय एअरलाइन्सको लागि यो वास्तवमै सुखद उपलब्धि भएको बताए । हिमालय एयरलाइन्सले आफ्नो परियोजना ‘हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरेको जनाएको छ । सोही परियोजनापछि ओम्निाकाले आरोहण गर्ने तयारीमा जोड दिएको जनाइएको छ । उनले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी छन् ।  

एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीका उद्देश्यहरुमध्ये नेपालको पर्यटन प्रवर्द्धन गर्नु पनि एक हो भन्दै यो परियोजना नेपालको पर्यटन प्रवर्द्धनमा हिमालयको एउटा सानो कदम मात्र हो भने । 

ओम्निकाले सर्वोच्च शिखरमा हिमालय एअरलाइन्सको प्रतिनिधित्व गर्न पाउनु गर्वको क्षण हो भन्दै यस यात्रामा धेरै चुनौतीहरू रहे पनि आफ्नो लक्ष्य केवल शिखरमा पुग्नु रहेको बताइन् । सगरमाथा चढ्ने अवसर पाएकोमा उनले एयरलाइन्सलाई धन्यवाद पनि दिइन् । 

Advertisement

Advertisement