लाभांश पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीको ७३ औँ वार्षिक साधारण सभा जेठ ३० गते हुने भएको छ । बिहान ११ बजेदेखि नेपाल पर्यटन बोर्ड प्रदर्शनी मार्गमा साधारण सभा हुन लागेको हो ।  

उक्त साधारण सभा प्रयोजनका लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय भएको कमपनी सचिव चन्द्रनाथ उप्रेतीले जानकारी दिए ।  

उक्त साधारण सभाले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट शेयरधनीहरुलाई १३ करोड ६६ लाख रुपियाँ लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

चुक्ता पुँजीको ११ प्रतिशतले हुन आउने १३ करोड ६६ रुपियाँ नगद लाभांश तथा कर प्रयोजनका लागि ०.५७८९ प्रतिशतले हुन आउने ७१ लाख ९२ हजार ४ सय ८६ रुपियाँ लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

उक्त लाभांश बीमा समिति स्वीकृत समेत गरिसकेको छ । सभाले संस्थापक शेयरधनीका तर्फबाट दुई जना तथा सर्वसाधारण तर्फबाट दुई जना गरी चार जना संचालकहरुको निर्वाचन गर्नेछ । त्यस्तै, दुई अर्बबाट साढे दुई अर्ब रुपियाँ पुँजी पुर्याउन प्रबन्ध पत्र अनुसार अधिकृत पुँजी सम्बन्धी व्यवस्थामा समेत संसोधन हुनेछ ।