नेपाल–अमेरिका मित्रताको झण्डासहित सगरमाथा आरोहण गरेका पासाङ फुर्वालाई अमेरिकी दूतावासद्वारा सम्मान

Advertisement

काठमाडौ । नेपालस्थित अमेरिकी दूतावासले सर्वोच्च शिखर सगरमाथा चुचुरोमा अमेरिका–नेपाल सम्बन्ध (१९४७–२०२२)को झण्डासहित सफल आरोहण गरेर फर्केका आरोही पासाङ फुर्बा शेर्पालाई सम्मान गरेको छ ।

उक्त झन्डा अब अमेरिकाको सर्वोच्च शिखर डेनाली पर्वतको शिखरमा पुग्ने जनाइएको छ । काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममार्फत् दुई देशका आरोही सम्मिलित पर्वतारोहण टिमका लिडर आरोही कर्मा ग्याल्जे शेर्पाले अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली (६,१९० मिटर)को संयुक्त आरोहण गर्न लागिएको जानकारी दिएका हुन् । 

Advertisement

‘अमेरिका–नेपाल फ्रेण्डसिप टिम’ नामक पर्वतारोहण अभियानको आगामी २ जुनबाट सुरु हुने उनले जानकारी दिए । उक्त आरोहणमा ७ जना नेपाली आरोही र एक अमेरिकी आरोहीको सहभागिता रहने छ ।

कार्यक्रममा अमेरिकी दूतावासका जनसम्पर्क अधिकृत गारेट इ विलकर्सनले नेपाल अमेरिकामैत्रीको प्रतीक झन्डा सगरमाथा शिखरमा पुराएका आरोही पासाङ फुर्वा शेर्पालाई धन्यवाद दिए।                                                                 
सन् १९४७ मा अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको र सन् १९४८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वार्षिकोत्सवको अवसरमा डेनाली पर्वतारोहण अभियानबारे आरोही कर्मा ग्याल्जेले जानकारी गराए । 

पर्वतारोहण अभियानको उद्देश्य क्यान्सरविरुद्ध जनचेताना जगाउने रहेको र यसको मुख्य नारा नै ‘क्यान्सरविरुद्ध आरोहण’ राखिएको छ । आरोहण टिममा विश्वका १४ अग्ला हिमालको आरोहण गर्ने प्रथम दक्षिण एसियाली आरोही मिङ्मा शेर्पा, १४ हिमालको आरोहण गरेका विश्व कीर्तिमानी आरोही छाङ दावा शेर्पा र सबैभन्दा कम उमेरमा १४ ओटै हिमाल आरोहण गरेका विश्व कीर्तिमानी आरोही मिङमा ग्याबु शेर्पा (मिङ्मा डेविड) सहभागी हुने छन् ।

त्यस्तै, व्यवसायिक पर्वतीय पथप्रदशक तथा ४ पटक सगरमाथा आरोहण गरेका आरोही कर्मा ग्याल्जे शेर्पा, १७ पटक सगरमाथा आरोहण गरेका जाङ्बु शेर्पा र ९ पटक सगरमाथा आरोही पासाङ दावा शेर्पा पनि आरोहण सहभागी रहने जनाइएको छ । 

Advertisement

Advertisement