शाओमीको तीन नयाँ इको सिस्टम उत्पादनहरू नेपाली बजारमा

Advertisement

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मि होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ । शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको  निम्ती हो भने बाँकी दुई स्मार्ट वाचहरु हुन् । 

लन्चमा बोल्दै शाओमी नेपाल का कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, ‘हामी सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट  डिजाइन युक्त डिभाइस हरु हाम्रो उपभोक्ता माझ ल्याउन प्रयासरत छौँ । हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताहरुको लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक,  राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचरहरु भएको उत्पादनहरु दिन सकौँ ।’ 

Advertisement

उक्त उत्पादनहरुको बारेमा थप बोल्दै पंडा भने, ‘शाओमी  एस् वान एक्टिभ फिट्नेसमा रुची राख्ने व्यक्तिहरुको लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो । यसमा १. ४३ इन्च को हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्ज को हाइ रिफ्रेस स्क्रिन रहेको छ । यसले चौबिसै घण्टा मुटु को चाल रेकर्ड गर्नु को साथै अन्य ११७ वटा फिट्नेस मोडहरु पनि रहेको छ । नर्मल मोड मा १२ दिन र ब्याट्रि सेभर मोड मा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफ पनि छ । खेल प्रेमीहरुको लागि विषेष रुप मा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुको साथै यसमा भएको डुअल ब्यान्ड जिपिएसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ जसले गर्दा ठेगानाहरु छिटो र सहि रुपमा  ट्रयाक हुन्छ ।

यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७ इन्च को फुल एमोलेड डिस्प्ले सहित उपलब्ध छ, जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबिसै घण्टा मुटुको चाल पनि रेकड गर्छ । वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् ।

त्यस्तै मि होम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ । यी क्यामरा हरु ले ३६० एङलबाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन्, जसले गर्दा घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाईन्छ । साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचरले गर्दा जहाँबाट पनि आफ्नो परिवार सँग कुरा गर्न सकिन्छ । यसमा ३२ जि बि सम्मको स्टोरेज छ र यसलाई घरको जुन सुकै कुनामा सजिलैसँग फिट गर्न सकिन्छ । 

शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मुल्य नेपाली रुपियाँ २२,९९९ रहेको छ भने रेडमि स्मार्ट ब्याण्ड प्रोको मुल्य रु ६,१९९ रहेको छ । त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० को मुल्य रु ४,४९९ रहेको छ र यी तीनवटै उत्पादनहरु सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन् ।
 

Advertisement

Advertisement