एनबीलाई गाभ्ने प्रस्ताव पारित गर्न आज नविलको विशेष साधारणसभा, कस्तो हुनेछ नयाँ नविल ?

Advertisement

काठमाडौं । अन्योलता अन्त्य गर्दै नविल बैंकले शनिबार नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पास गर्न विशेष साधारणसभा गर्दैछ । बैंकको गत वैशाख २९ गतेसम्म कायम शेयरधनीहरु आजको सभामा भाग लिँदैछन् । आजै एनबी बैंकले पनि नविलमा गाभिने प्रस्ताव अनुमोदनका लागि विशेष साधाणसभा बोलाएको छ ।

मर्जर प्रक्रियामा विगतमा भएको सम्झौता र तयार गरिएका प्रतिवेदन, त्यसका आधारमा तय भएको नविल बैंकको ४३ कित्ता शेयर बजारबर एनबीको १०० कित्ता शेयरको शेयर स्वाप रेसियालाई यस सभाले स्वीकृति प्रदान गर्नेछ  । साथै, एनबीलाई प्राप्ती गरेपछि नविलको पुँजी वृद्धि हुनुका साथै, शेयरधनीहरुको शेयर स्वामित्व प्रतिशत पनि परिवर्तन हुने भएकाले सोअनुसार बैंकको प्रवन्धपत्र संशोधनलाई पनि सभाले स्वीकृति गर्नेछ । 

Advertisement

विभिन्न अवरोध पार गर्दै नविलले एनबीलाई प्राप्ती गर्ने प्रक्रियालाई अनुमोदन गर्न लागेको हो । नेपालको बैंकिङ क्षेत्रमा नम्बर वान बैंकको पहिचान बनाउँदै आएको नविललाई सो पहिचान कायम राख्न पनि मर्जर आवश्यक थियो । फोब्समा सुचीकृति नेपालका एक मात्रै अर्बपति विनोद चौधरीको मुख्य लगानी रहेको नविललाई यस प्राप्तीले थप सबल बनाउन सहयोग पुग्नेछ भने अरु बाणिज्य बैंकहरुलाई थप चुनौति सिर्जना गर्ने देखिएको छ । 

साथै, यस प्राप्तीले बैंकको सञ्चालन खर्चमा कमी ल्याई नविललाई मुनाफा वृद्धिमा समेत सहयोग पुग्ने देखिएको छ । अहिले नविल लगानीकर्तालाई राम्रो प्रतिफल दिने बैंकमा पर्दछ । एनबीलाई प्राप्तीपछि नविलको चुक्ता पुँजी २२ अर्ब ८३ करोड पुग्नेछ । यसरी हेर्दा नविलको यो प्राप्ती रणनीति समग्र बैंकिङ उद्योगकै लागि ‘ट्रेण्ड’ सावित हुने भएको छ । 

बैंकले करिव डेढ बर्षमा दुई वटा प्राप्ती गर्दैछ । यसअघि नविलले युनाइटेड फाइनान्सलाई प्राप्ती गरेको थियो । नविल ठूलो भएर ‘मास विजेनश’ गर्न थाल्दा अरु साना बैंकको अवस्था के हुन्छ ? भन्ने प्रश्न उठन थालेको छ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको संख्या घटाएर १५–१६ वटामा झार्ने बताउँदै आएको छ । एनबीलाई प्राप्ती गरेसँगै नविल अधिकांश सुचकमा पहिलो कायम हुनेछ ।

प्राप्तीपछि कस्तो हुनेछ नविल बैंक ?
एनवीलाई प्राप्ती गरेपछि नविल बैंक समग्र बाणिज्य बैंकहरुमा एक दर्जनभन्दा बढी सुचकमा नम्बर एक हुनेछ । नम्बर वान सुचकहरुमा बैंकको निक्षेप बढेर तीन खर्ब २० अर्ब नाघ्ने छ भने कर्जा बढेर तीन खर्ब नौ अर्ब नाघ्ने छ । त्यस्तै, बैंकको खुद व्याज आम्दानी आठ अर्ब ५२ करोड ९० लाख पुग्नेछ भने कुल सञ्चालन मुनाफा ११ अर्ब ७८ करोड ४२ लाख रुपियाँ पुग्नेछ । 

त्यस्तै, बैंकको अन्य सञ्चालन खर्च एक अर्ब ३९ करोड ८२ लाख सीमित हुनुका साथै सञ्चालन मुनाफा बढेर छ अर्ब १७ करोड ६७ लाख रुपियाँ पुग्नेछ । त्यस्तै, खुद आम्दानी बढेर चार अर्ब ४६ करोड ३१ लाख रुपियाँ, वितरणयोग्य मुनाफा दुई अर्ब ७३ करोड ३९ लाख रुपियाँ पुग्नेछ । एनबीलाई प्राप्तीपछि नविलको आधार दर ८.४५ प्रतिशत कायम रहने छ । 

त्यस्तै, जोखिम भारित सम्पत्तिको अनुपात १३.७९ प्रतिशत पुग्ने, कष्ट अफ फण्ड्स ६.८५ पुग्ने, प्रति शाखा कुल व्यवसाय बढेर तीन अर्ब १२ करोड पुग्ने, प्रति कर्मचारी व्यवसाय बढेर ३३ करोड ७५ लाख पुग्नेछ । रिर्जभका हिसावले निकै सबल रहेको नविल बैंक अहिले नविल बैंकमा एक हजार २७१ कर्मचारी रहेकोमा एनबीका ९७६ थप्पिएपछि दुई हजार २३९ पुग्नेछन् । त्यस्तै, नविलको अहिले १३५ शाखा र १८५ एटीएम रहेकोमा एनबीको ९९ शाखा र ८१ एटीएम थप्पिएर शाखा संख्या २३४ र एटीएम २६६ पुग्नेछ । एनबीको आठ वटा एक्सटेन्शन काउन्टर पनि रहेका छन् । 

Advertisement

Advertisement