सुन्दरी प्रतियोगीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ

Advertisement

काठमाडौं । सुन्दरी प्रतियोगीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । 

उनलाई प्रहरीले शनिबार अपरान्ह स्वयम्भुमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आठ बर्षअघि १६ बर्षीय मोडललाई एभेरेष्ट होटलमा बोलाएर नशालु औषधि दिई बेहोस बनाई बलात्कार गरेको पीडितको गुनासो छ । 

Advertisement

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो। पीडितले सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेपछि दोषीलाई कारबाही गर्न आवाज उठेको थियो । 

Advertisement

Advertisement