नेपाल बैंकले धुलिखेलमा गर्यो बजेट गोष्ठी तथा तालिम कार्यक्रम

Advertisement

काठमाडौं । नेपाल बैंकले आगामी आर्थिक बर्षको बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बाग्मती प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । 

बैशाख ४ गतेदेखि ७ गतेसम्म धुलिखेलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।   

Advertisement

बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बाग्मती प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ६० जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो । प्रधान कार्यालय बजेट तथा योजना बिभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो । 
 

Advertisement

Advertisement