शिखर इन्स्योरेन्सको भरतपूर शाखामा कार्यरत  महिला कर्मचारीको करेन्ट लागेर मृत्यु

Advertisement

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीको भरतपुर शाखामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । भरतपुर १० स्थित कटहर चोकमा बस्ने ३५ वर्षीय सकुन्तला पौडेल सुवेदीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार दिउँसो सवा १ बजे बालमन्दिर रोडस्थित बीमा कम्पनीको बाहिर पट्टि झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उनको मृत्यु भएको हो । त्यस क्रममा अर्का कर्मचारी तरुण थापा घाइते भएका छन् ।

Advertisement

घटनामा दुवै जना घाइते भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा सुवेदीको बाटोमै मृत्यु भएको हो भने घाइते थापालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीको भनाई छ । 

Advertisement

Advertisement