‘भ्यू टावरको अर्थ नबुझ्नेहरुले विरोध गरे, आइफेल टावरले फ्रान्सलाई कति फाइदा छ ? हेर’

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको गुनासो गरेका छन् । उनले भ्यूटावरको अर्थ र महत्व नबुझेकै कारण नेपाली काँग्रेसले आफ्नो स्थानीय निर्वाचनसम्बन्धि घोषणा पत्रमा भ्यूटावर बनाउदैनौं भनेर उल्लेख गरेको तर्क पनि गरे । 

आइतबार मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टडे’ विमोचन गर्दै ओलीले भ्यूटावरको विरोध गरेको भन्दै काँग्रेसलाई फ्रान्समा बनाइएको आईफेल टावरले अर्बाै आम्दानी दिएको स्मरण गराए । उनले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको आईफेल टावर, वासिंटन टावर र अन्य ठाउँमा रहेका टावरहरुले अर्बौ आम्दानी दिने गरेको बताए । 

Advertisement

ओलीले त्यस्ता टावरहरु हरेक देशको उचाई भएको र गर्वको विषय रहेको तर्क समेत गरे । उनले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण कामहरु सम्झेर अघि बढन पनि सबैलाई आग्रह गरे । ओलीले भने, ‘पोलिटिक्स गर्दिन यहाँ, यो साहित्यिक मञ्च । एउटा पार्टीले आफ्नो घोषणा पत्रमै भन्यो– भ्यू टावर बनाउँदैनौं । भ्यूटावर बनाउने काम छैन् । आईफेल भन्ने इन्जिनियर जसले आईफेल टावर बनाए । बुद्धि नभएका रहेछन कि क्या हो ? जो फ्रान्सको प्रतिक भएको छ । जसले फ्रान्सलाई अर्बौंको आम्दानी दिलाएको छ । भ्यूटावरभन्दा केही होइन, टुप्पामा धान फल्दैन । अलि तल कोदो फल्दैन । तल मकै पनि फल्दैन । आँप पनि फल्दैन, लिची पनि फल्दैन । पैसा मात्रै फल्छ, भ्यू टावरमा । आईफेल टावर, वासिंटन टावर र अन्तका टावरहरु, इतिहास, ऐतिहासिक धरोहर, हाम्रो उचाई, थुप्रै कुराहरु यसभित्र हुने गर्दछ । तर जब हामी सोझो आम्दानीको कारोबार मात्रै गर्छौं भने फर्गेट एस्टडे जस्ता कुराहरु पटक पटक आउँछन । किनभने हामीसँग नगदानगदी विजनेश बाहेक अरु कुनै हुँदैन ।’

Advertisement

Advertisement