अर्थतन्त्रको अवस्था सकारात्मक छैन्, एकै वर्षमा २-३ अर्ब डलर रिजर्भ घट्नु गम्भीर होः अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल बैंकको ब्याजदर नघट्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उनले अझै पनि उपभोग्य सामानको आयात नघटेकोले ब्याजदर नघट्ने बताए । आयातित वस्तुको उपभोग घटोस् भन्ने उद्देश्यका साथ ब्याजदर बढाएको अधिकारीको भनाई छ । 

उनले भने, ‘वस्तुहरूको आयात अत्यधिक भएर अर्थतन्त्रमा नै यसको चाप परेपछि राष्ट्र बैंकले उपभोग घटाउन ब्याजदर बढाउने नीति लिइएको हो । मूल्य बढ्दा समेत उपभोग घटेको छैन् । राष्ट्र बैंकले बैंकको ब्याजदर बढाउने, एलसी खोल्दा नगद मार्जिन राख्ने र केही वस्तु आयातमा एलसी नखोल्ने नीति राष्ट्रिय हितका लागि लिएको हो ।’ यसैको कारण चैतको तुलनामा बैशाखमा २० अर्बले आयात भने अधिकारीले औंल्याए । 

Advertisement

मूल्य बढ्दासमेत उपभोग घट्न नसकेको बताउँदै उनले थपे, ‘जतिसुकै मूल्य परे पनि हाम्रा उपभोक्ता किन्न तयार भएका छौँ जसले गर्दा ब्याजदर बढ्दा समेत उपभोग घट्न सकेको छैन् । अहिले पनि अर्थतन्त्रको अवस्था सकारात्मक छैन् । एकै वर्षमा २–३ अर्ब डलरको रिजर्भ घट्नु गम्भीर विषय हो ।’ 

गभर्नर अधिकारीले अहिले नाफा कमाउनेभन्दा पनि अर्थतन्त्र जोगाउने समय भएकोले सर्तक र सजक भएर काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले राष्ट्र बैंकले ब्याजदर बढाउनुको कारण निक्षेप आकर्षित गर्न नभएको बताए । 

Advertisement

Advertisement