नर्वेकी क्रिस्टिन आठ हजार मिटर अग्ला पाँच हिमालहरु २४ दिनमै आरोहण गर्न सफल

Advertisement

काठमाडौं । नर्वेकी ३६ वर्षे क्रिस्टिन हरिलाले २४ दिनमा ५ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेकी छन् ।

एट–के एक्सपिडिसनका संस्थापक पेम्बा शेर्पाका अनुसार हरिला आइतबार बिहान ८ बजेर ४५ मिनेटमा   सगरमाथाको चुचुरोमा पुगेकी छन्। आठ दिनअघि उनी विश्वको तेस्रो अग्लो चुचुरो कञ्चनजङ्घा आरोहण गरेकी थिइन् । 

Advertisement

हरिलाले ६ महिनामा विश्वको सबै १४ वटै अग्ला हिमालहरुको आरोहण गर्ने उनको योजना रहेको छ । साथै, उनले अगामी जुन महिनाको मध्येमा पाकिस्तानको आठ हजार मिटरभन्दा अग्ला पाँचवटा चुचुरो आरोहण गर्ने योजना बनाएकी समेत शेर्पाले जानकारी दिइन् ।

हरिलाले हिमाल आरोहण विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्णबाट सुरुवात गरेकी थिइन्। त्यसपछि १० दिनमा उनी धौलागिरीको चुचुरोमा पुगिकी थिइन ।

हरियाले २४ दिनमा ५ वटा आठ हजार मिटर माथिका हिमाल आरोहण गर्दै निर्मल पुर्जाको २९ दिनको सबैभन्दा छिटो आरोहणको कीर्तिमानभन्दा पाँच दिन अगाडी सफल आरोहण गरेकी छन् । यससँगै उनले सगरमाथा र ल्होत्से आरोहण गरी आफ्नै रेकर्ड पनि तोडेकी छन् ।

हरिलाले यसपल्ट ९ घण्टा ५ मिनटमा पार गर्दै विश्वको सबैभन्दा छिटो समयमा आरोहण गर्ने महिलाको कीर्तिमान बनाएकी थिइन् । यसअघि कीर्तिमानी आरोही निर्मल पुर्जाले ४८ घण्टामा सगरमाथा, ल्होत्से र मकालु हिमालको सफल आरोहण गरेका थिए।

Advertisement

Advertisement