राजश्व छलि गर्ने पाँच जना बिरुद्ध १९ करोड बढीको मुद्दा दर्ता

Advertisement

काठमाडौँ । नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छलि गर्ने २ जना बिरुद्ध १५ करोड ९७ लाख ५ हजार १ सय ६ रुपियाँको मुद्दा दर्ता भएको छ । 

राजश्व अनुसन्धान विभागले वीरगञ्ज स्थायी ठेगाना भई भरतपुर ३ चितवनमा व्यवसाय गर्ने निरज ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर श्रीराम ठाकुर र खाता सञ्चालक जटाशंकर जैसवाल बिरुद्ध गत ५ गते बिहीबार उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरेको हो ।

Advertisement

विभागले मूल्य अभिबृद्धि करतर्फ २ करोड ४१ लख ३५ हजार ९ सय ४१ रुपियाँ र आयकरतर्फ ५ करोड ५७ लाख १६ हजार ६ सय १२ रुपियाँ गरी कूल ७ करोड ९८ लाख ५२ हजार ५ सय ५३ रुपियाँ र शत प्रतिशत जरिवानको माग दाबीसहित मुद्दा दर्ता गरिएको विभागले आज विज्ञप्ति मार्फत जनाएको छ । 

यसैबीच भारतीय चिनी अबैध रुपमा चौरी पैठारी गर्ने महोत्तरी स्थायी ठेगाना भई काठमाडौँ ६ बौद्ध बस्ने राज ट्रेडर्सका प्रोप्राइटर राजकिशोर सिंह, पुष्करकुमार सिंह र भविचन महतो बिरुद्ध १ करोड ८६ लाख २९ हजार ३१ र सोही रकम बराबर जरिवानासहित कूल ३ करोड ७२ लाख ५८ हजार ६२ रुपियाँको माग दाबीसहित जेठ ६ गते शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।  
 

Advertisement

Advertisement