नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त, कसरी हुँदैछ नविल-एनबी कर्मचारी समायोजन ?

Advertisement

काठमाडौं । नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । उनलाई आउँदो असार १७ गतेबाट लागू हुने गरी नियुक्त गर्ने नविल बैंक सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको छ ।

ढुंगाना आउँदो असार १७ गतेबाट लागू हुनेगरी सीईओ नियुक्त भएका हुन् । त्यसको करिव एक साताअघि नविल बैंकका वर्तमान सीईओ अनिल शाहको कार्यकाल सकिन्छ । नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ती गर्न लागेको नविलले मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका एनबीका पूर्वसीईओ ढुंगानालाई सीईओको जिम्मेवारी दिन लागेको हो । ढुंगाना पहिलेदेखि नै क्षमतावान सीईओको रुपमा पनि चिनिदै आएका छन् । 

Advertisement

उनले कार्यभार सम्हालेको दुई साताभित्र नविल  र एनबीको एकीकृत कारोबार हुनेछ । स्रोतका अनुसार असार ३० गतेभित्र एकीकृत कारोबार गर्नेगरी काम भइरहेको छ । 

मर्जरपछिको नयाँ नविल बैंकमा डेपुटी भुपेन्द्र पाण्डे रहने छन् । उनलाई एनबीको तर्फबाट व्यवस्थापनको दोस्रो वरियतामा राख्न लागिएको हो । नविल बैंकका व्यवस्थापन तह र अरु कर्मचारीहरु भने यहीले कै पदमा रहने छन् भने एनबीका कर्मचारीहरुको भने एक तह कम गरिने छ । तर उनीहरुले खाईपाई आएको सुविधा भने कटौती नहुने स्रोतको भनाई छ । एनबीबाट आउने कर्मचारीहरुको कार्यक्षमता र कार्यकुशलता हेरेर छ महिनाभित्र बढुवा गर्ने दुवै पक्षबीच सहमति भएको छ । 

तर उक्त सहमतिप्रति एनबीका कर्मचारीहरु भने सन्तुष्ट हुन सकेका छैनन् । एनबी व्यवस्थापन र कर्मचारी प्रतिनिधिहरुबीच सम्मानजनक कर्मचारी एकीकरण कसरी गर्ने ? भन्ने विषयमा  प्रत्येक  दिन जस्तै छलफल भइरहेको छ । अहिले नविल बैंकमा एक हजार २७१ कर्मचारी छन् भने एनबीमा ९७६ कर्मचारी छन् । 

Advertisement

Advertisement