बालेनको मत ५० हजार नजिक, गणना गर्न बाँकी मत ५२ हजार

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरको स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले झण्डै १९ हजार मतको अग्रता लिएका छन् । उनले ४७ हजार २०० मत प्राप्त गर्न सत्ता गठवन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ३३९ मत पाएकी छन्  ।  

बालेन र सिर्जनाबीचको मतान्तर झण्डै १९ हजार रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितको मत २७ हजार ५५१ रहेको छ भने स्वतन्त्र उम्मेदवार सुमन सायमीको मत छ हजार ५९१ रहेको छ । 

Advertisement

काठमाडौंमा हालसम्म एक लाख ३८ हजार मत गणना भएको छ । अब ५२ हजार ६७३ अर्थात २८ प्रतिशत मत गन्न बाँकी छ । मतगणनामा बदर भएकामध्ये धेरै बालेनको रहेको गणनामा सहभागीहरुको भनाई छ । 

अहिलेको मतान्तर हेर्दा ठूलै चमत्कार भएमा भन्दा बाहेक बालेन शाहको जित करिव सुनिश्चित देखिएको छ । अहिले काठमाडौंको मतगणना सबको चासोको विषय बनेको छ । यस नतिजाले आसन्न स्थानीय  निर्वाचनमा ठूलो प्रभाव पर्ने र देशैभरी बालेन शाह जस्ता युवाहरु चुनावी प्रदानमा आउनसक्ने अडकल गरिएको छ । 

Advertisement

Advertisement