किसान लघुवित्तले सात करोड ८५ लाख रुपियाँको बोनस शेयर वितरण गर्ने, साधारणसभा कहिले ?

Advertisement

काठमाडौ । किसान लघुवित्त वित्तिय संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा जेठ २८ गतेका लागि आव्हान गरेको छ । सभाबाट कम्पनीले गत बर्षको मुनाफा वितरणको प्रस्ताव पनि पारित गर्दैछ । 

कम्पनीको चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने सात करोड ८५ लाख ६१ हजार रुपियाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव सभामा अनुमोदनका लागि पेश गर्ने तयारी गरिएको छ । 

Advertisement

धनगढी उपमहानगरपालि २ मा बस्ने सभामा वार्षिक प्रतिवेदनमा छलफल हुनुका साथै विशेष प्रस्तावको रुपमा अन्य लघुवित्त संस्थाहरुसँग गाभ्ने, गभिने प्रक्रियाका लागि स्वीकृति प्रदान गर्ने योजना छ । 

सभाले, आवश्यकताअनुसार कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्न पेश हुने प्रस्तावलाई पास गर्ने जनाइएको छ । साधारण सभा प्रयोजनको लागि जेठ २० गते शेयर दाखिला खारेज (बुक क्लोज) हुनेछ भने १९ गतेसम्म कायम शेयर धनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।

Advertisement

Advertisement