सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल शारामा ३० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई पोखरामा अवस्थित होटल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्वप्रसाद जोशी र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षर गरेका छन् । 

Advertisement

सम्झौता अनुसार बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना, साउना, स्पा तथा पेय पदार्थमा १५ प्रतिशत तथा आवाशमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Advertisement

Advertisement