महालक्ष्मी विकास बैंकले संस्कृतिविद् जोशीलाई गर्यो सम्मान

Advertisement

काठमाडौँ । महालक्ष्मी विकास बैंकले २८ औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । उनको निवास बखुम्बहाल, ललितपुरमा आयोजित एक विशेष कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले सम्मान गरेका हुन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ जोशीको योगदान अविस्मरणीय रहँदै आएको बताए । 

Advertisement

वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ ।  एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको जनाएको छ । 
 

Advertisement

Advertisement