‘पर्यटन व्यवसायीले प्याकेज बिक्री गरेको रकम बैंकिङ च्यानलबाट आउँदैन, बाहिरै जम्मा गर्छन्’

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले बोर्डका प्रमुख कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायीहरुले प्याकेज बिक्री गरेबापतको रकम बैंकिङ च्यानलबाट नआउने गरेको खुलासा गरेका छन् । 

सोमवार पर्यटन बोर्डको तर्फबाट नवनियुक्त बोर्ड सदस्य, नाटा र भिटोभका नयाँ कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै उनले यस्तो रकम बैंकिङ च्यानलभन्दा बाहिरबाट आउने गरेकाले पर्यटन क्षेत्रको कुल ग्राहस्थ 
उत्पादन (जीडीपी)मा योगदान कम देखिएको बताए । 

Advertisement

रेग्मीले पर्यटकहरुले अनलाइनमार्फत किनेको प्याकेज ७० प्रतिशत रकम विदेशी खातामा नै जम्मा गर्ने गरेकाले पर्यटन क्षेत्रको योगदान कम हुँदै गएको बताए । उनले पर्यटन क्षेत्रले मुलुकको जीडीपीमा ७ देखि १० प्रतिशत योगदान रहेकाले त्यो योगदान कायम राख्न यस्तो रकम बैंकिङ च्यानलमार्फत नेपाल आउनुपर्ने बताए । 

कार्यकारी प्रमुखले सधैँ करको कुरा गर्ने गरेको भनेर व्यवसायीहरुले आफूलाई आरोप लगाउने गरेको बताउँदै रेग्मीले पर्यटन क्षेत्रले राज्यलाई पु¥याउने योगदानको विषय गर्वका साथ भन्नसक्ने अवस्था सिर्जना गर्ने वातावरण बनाउनको लागि करको विषय उठान गरेको बताए । 

उनले भने, ‘पर्यटन व्यवसायीहरुले बनाएको टुरिजम प्याकेज अनलाइनबाट किन्दा अनलाइन एप्सलाई ३० प्रतिशत लाग्ने गर्छ । बाँकी पैसा कम्पनीलाई आउने हो । त्यसमा पनि १३ प्रतिशत भ्याटको कुरा आउने भएकाले त्यो पैैसा नेपालबाट नबुझेर खातामा कतिपय व्ययवसायीहरुले जम्मा गर्नुभएको छ । त्यसो गर्दा नेपालको अर्थतन्त्रको आयमा देखिने भएन । नदेखिँदा नेपालमा पर्यटन उद्योगको योगदान ३ प्रतिशत मात्रै देखिने भयो ।’ 

रेग्मीले थपे, ‘तर पर्यटन क्षेत्रको योगदान जीडीपीमा ७ देखि १० प्रतिशत रहेको छ । सबै पैसा नेपाल आउन सकेको छैन् । बैंकिङ च्यानलमा छैन् । जहिले पनि सीईओले करका कुरा गर्छ भन्नुहुन्छ । मैले करको कुरा नभएर गर्व गर्ने गरी राज्यलाई पर्यटन उद्योगको यति प्रतिशत योगदान छ भनेर भन्नुपर्छ । अहिले त्यो अवस्था नभएकाले यो भनेको हो ।’

उनले कोभिडपछि पर्यटनमा देखिएको समस्या समाधान गर्न बोर्डले काम गरिरहेको बताए । रेग्मीले पछिल्ला समय नेपालमा पर्यटक आगमनमा भएको बृद्धिले पर्यटन छिट्टै लयमा फर्किने आशा जगाएको बताए ।

बोर्डका नवनियुक्त सदस्य मदन आचार्यले बोड नयाँ बजेटको तयारीमा रहेकोले सरोकारवाला सबैसँग छलफल र समन्वय गरेर बजेट निर्माण गर्ने बताए । उनले कोभिडले थलिएको पर्यटनलाई आन्तरिक तथा बाह्य रुपमा प्रवर्द्धन गर्ने गरी बजेट निर्माण गरिने समेत बताए । 

बोर्डका अर्का नयाँ सदस्य मिलन देवकोटाले पछिल्लो समय पर्यटन विस्तारै लयमा फर्किन थालेको बताए । यस्तै सोही अवसरमा बोर्डले क्यानडामा नेपालको प्रर्वद्धनमा काम गरिरहेका बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि नरवहादुर टण्डनलाई पनि सम्मान गरिएको थियो । 

सम्मानित टण्डनले विदेशमा सरकारी निकायबाट भइरहेका कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले यस्ता कार्यक्रम प्रभावकारी बनाउन सके अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाल ल्याउन सकिने बताए । 

यस्तै बोर्डका कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले पर्यटन प्रर्वद्धनका लागि स्पष्ट योजना,बजेट तथा कर्मचारीको वृत्तिविकासमा ध्यान दिन आग्रह गरे ।

नाटाका अध्यक्ष रमेश थापा र भिटोभका अध्यक्ष गोपाल थापाले कोभिडपछिको पर्यटन प्रवर्द्धनका लागि बोर्डसँग सहकार्य गरेर अघि बढ्ने बताए । सरसफाईको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा काम गरिरहेका राजमान मानवले पर्यटनका लागि सरसफाई आवश्यक भएको बताउँदै उनीहरुले आआफ्नो ठाउँबाट सरसफाइमा ध्यान दिन आग्रह गरे । 

Advertisement

Advertisement