प्रहरी बलमा बञ्चरेडाँडामा फोहोर फाल्न सुरु, माग पूरा नगरी फोहोर फालेको भन्दै स्थानीय रुष्ट

Advertisement

नुवाकोट । सरकारले प्रहरी प्रशासनको बलमा बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरेको छ । मंगलबार बिहानैदेखि ठूलो मात्रामा प्रहरी परिचालन गरी काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्न थालिएको हो । 

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा प्रहरी बल प्रयोग गरेर फोहोर फाल्न सुरु गरिएको जनाइएको छ । स्थानीयले आफ्ना माग पूरा नगरी बलपूर्वक फोहोर फाल्ने काम भएको भन्दै आक्रोसित भएका छन् । 

Advertisement

Advertisement

Advertisement