मन्त्री आले हेलिकप्टरमा सुटुक्क सगरमाथा बेसक्याम्प पुगेर फर्किए

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेम आले सगरमाथा आधार शिविर (बेस क्याम्प) पुगेर फर्किएका छन् । स्थानीय निर्वाचनको जारी मतगणनामा जारी रहेको बेला आले हेलिकप्टरमा सुटुक्क बेसक्याप पुगेर फर्किएका हुन् । 

हेलिकप्टरबाट झरेपछि स्थानीय अगुवाहरुले अक्सिजन लगाएर समाउँदै बेसक्याम्पसम्म पुर्याएर फर्काएका थिए । बेसक्याम्पमा केही समय अवलोकन र तस्वीर खिचाएपछि उनी पुनः हेरिकप्टरबाट काठमाडौं फर्किएका थिए । आले सोमबार त्यसतर्फ गएका हुन् । 

Advertisement

उनी सगरमाथा क्षेत्रको अनुगमनका लागि आएको अइटके एक्सपेडिशन्सका संस्थापक लाक्पा शेर्पाले बताए । उनले आलेको आधार शिविर भ्रमणका क्रममा सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन,  दुर्घटना हुँदा वा बिरामी हुँदा सरकारकै पर्यटन विभागको संयन्त्रमार्फत उद्दार कार्य प्रभावकारी बनाउने, इन्टरनेट सेवा सहुलियतपूर्ण र गुणस्तरीय बनाउने विषयमा कुराकानी भएको बताए ।  

Advertisement

Advertisement