मतपत्र कम रहेको भन्दै अन्तिम समयमा पोखराको मतगणना बहिस्कार गरे एमाले कार्यकर्ताले

Advertisement

पोखरा । मतगणना अन्तिम समयमा पुगेको बेला पोखरा महानगरपालिकाको मतगणनामा बसेका नेकपा एमालेका कायकर्ता गणनास्थलबाट बहिस्कार गरेका छन् । 

पोखरा महानगरका दुई वडा १८ र ३१ को पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने भन्दै उनहिरुले मतगणना बहिस्कार गरेका हुन् । एमालेका प्रतिनिधिहरु दई वडामा पुनःमतगणना माग गर्दै मतगणनास्थल प्रवेश गर्न अस्वीकार गर्दै आएका छन् । 

Advertisement

ती दुई वडामा मुचूल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन बुझाएको थियो । आफूहरुले दिएको निवेदनउपर सुनुवाइ नहुँदासम्म बाँकी मतगणनामा सहभागी नहुने एमालेका गणक प्रतिनिधिहरुले अडान राखेका छन् । 

पोखरामा एक लाख ४३ हजार २२६ मत खसेकोमा हालसम्म एक लाख ३९ हजार ४११ मतगणना भएको छ । तीन हजार ८१५ गन्न बाँकी रहँदा एमालेको विरोधका कारण गणना रोक्किएको हो । 

उक्त महानगरमा एमालेका मेयरका उम्मेदवार कृष्ण थापालाई सोही पार्टीबाट टुक्रिएर हाल सत्तामा रहेको एकीकृत समाजवादीका धनराज आचार्यले हराउन लागेका छन् । थापाभन्दा आचार्य पाँच हजार ४८५ मतले अगाडि छन् । 

त्यस्तै, उपमेयरमा एमालेकी मञ्जु गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई तनि हजार ९९० मतले पछि पारेकी छन् ।

Advertisement

Advertisement