मूल्यवृद्धि बिरुद्ध बिधार्थीहरु आन्दोलित, आपूर्ति मन्त्रीलाई बुझाए ज्ञापनपत्र

Advertisement

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विभिन्न १३ विद्यार्थी संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 

विद्यार्थी संगठनले पहिलो चरणको आन्दोलन अन्तर्गत आज अर्थमन्त्री ज्ञापनपत्र बुझाएका हुन् । 

Advertisement

विद्यार्थी संगठनले बुधवार बिहान आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्ने, देशभरका क्याम्पसमा कालो ब्यानर राख्ने र १२ गते साँझ काठमाडौंमा टर्च लाइट जुलुस निकाल्ने कार्यक्रम घोषणा गरेका छन् । 

सरकारले गत आईतवार रातिबाट लागू हुने गरेर प्रति लिटर १० रुपियाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोलको प्रति लिटर मूल्य १८०, डिजेल र मट्टितलेको १६३, आन्तरिक हवाईको १६६ र खाना पकाउने ग्यासको मूल्य २०० रुपैयाँ बढाएर १८ सय रुपैयाँ निर्धारण गरेको छ । 

यसअघि सरकारले वैशाख ३१ गते पनि प्रतिलिटर १० रुपियाँका दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो ।

Advertisement

Advertisement