कोरियाको एक संस्थाले विद्युत प्राधिकरणलाई हाइड्रोजन इन्धन उत्पादन गर्न सघाउने

Advertisement

काठमाडौं । दक्षिण कोरियाको एक संस्थाले नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन गर्ने बताएको छ । उसले नेपाल विद्युत प्राधिकरणसँग मिलेर यस्तो इन्धन उत्पादनको कुरा गरेको हो । 

दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग प्राधिकरणले गरेको सम्झौंता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख छ । 

Advertisement

मंगलबार सिंहदरवारमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक पे्रmङक रिजस्बेर्मन र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सम्झौतापत्रमा हस्ताक्षर गरे । जीजीजीआईले सो इन्धन उत्पादनका लागि आवश्यक अध्ययन गरिदिने, त्यसको कार्यान्वयनका लागि सरकारलाई सहजीकरण गरिदिने र त्यसका लागि आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने बताएको छ । 

सम्झौंतामा काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर नेपालमा हाइड्रोजन फ्यूलको उत्पादन कार्यलाई अघि बढाउने उल्लेख गरिएको घिसिङले बताए । 

कार्यक्रममा बोल्दै ऊर्जामन्त्री भुसालले सो परियोजनाले विश्वमै महंगो बन्दै गइरहेको पेट्रोलियम पदार्थलाई विस्थापित गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताइन् । त्यसको छिटो कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यान जाने उनको विश्वास छ । 

भुसालले सो परियोजनाले नेपालको ऊर्जा क्षेत्रको नयाँ ढोका खोलिदिएको पनि बताइन् । उनले भनिन्, ‘हामी यहाँ पेट्रोलियम पदार्थको जो अहिले विश्व बजारमै ज्याँदै महंगो पनि भइराखेको छ, त्यसलाई विस्थापित गर्न सक्ने आफ्नै देशको उर्जा पनि खपत हुने महत्वपूर्ण परियोजना हो भन्ने लाग्छ । यो सामान्य एमओयू मात्रै होईन । यो एमओयू उल्लेख्य महत्वपूर्ण छ । यसको बरु समयमै कार्यान्वयन गर्दाखेरी यसले हाम्रो ऊर्जाको क्षेत्रमा नयाँ ढोका खोल्नेछ । यस कार्यान्वयन छिट्टै हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

Advertisement

Advertisement