लक्ष्मी लघुवित्तले ७३ जना ग्राहकलाई दियो सीपमूलक तालिम

Advertisement

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट जिल्लाको बट्टार र धादिङ जिल्लाको महादेववेशी शाखामा आवद्ध ग्राहकहरुलाई क्रमशः व्यवसायिक कुखुरापालन र उन्नत तरकारी खेती तालिम प्रदान गरेको छ । 

जेठ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ७३ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो । 

Advertisement

तालिमको माध्यमबाट ग्राहक सदस्यहरुको सिप र क्षमता अभिवृद्धि गरी कर्जाको उपयोग व्यवसायिक उत्पादनशिल क्षेत्रहरुमा मात्र प्रयोग गर्न प्रेरित गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवर्द्धन अधिकृत (कृषि विशेषज्ञ) ओमप्रकाश भुसालले गरेका थिए । 

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुबीमा, विप्रेषण, ट्यावलेट बैकिङ, ई-सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधासंगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको सीईओ प्रकाशराज शर्माले जनाएका छन् । 

Advertisement

Advertisement