राष्ट्रिय बीमा कम्पनीमा ओझा आएसँगै दुई आर्थिक बर्षको वित्तीय विवरण स्वीकृत गराउन सफल

Advertisement

काठमाडौ । राष्ट्रिय बीमा कम्पनीले आफ्ना पूराना दुई आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएको जानकारी दिएको छ । समितिमा पठाइएका ती विवरणहरु स्वीकृत भएको कम्पनीले जानकारी दिएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ओझाले कर्पोरेट नेपालसँग भने, ‘हामीले अहिलेसम्म पूरानो दुई आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न बीमा समितिसँग मागे गरेका थियौं । समितिले दुवैलाई स्वीकृति दिइसकेको छ । पहिले आर्थिक वर्ष २०७१–७२ को वित्तीय विवरण स्वीकृत गरेको समितिले अहिले आर्थिक वर्ष २०७२–७३ को स्वीकृत गरेको छ ।’

Advertisement

ओझाले चालु आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले बाँकी रहेका अरु आर्थिक बर्षको वित्तीय विवरण पनि स्वीकृत गराउन आफूहरुले पहल गर्ने बताए । बीमा समितिले वित्तीय विवरण स्वीकृत गरेपछि मात्रै बीमा कम्पनीहरुले साधारणसभा गर्न मिल्छ । यसको मतलब अब बीमा कम्पनीलाई पनि दुई ओटा आर्थिक वर्षको साधारण सभा गर्न बाँटो खुलेको हो । अब कम्पनीको तीन आर्थिक बर्षको वित्तीय विवरण अस्वीकृत हुन बाँकी छ । 

यता बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आफूहरुले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको लेखापरीक्षण प्रतिवेदन विगतमा पनि नरोकेको र अहिले पनि नरोक्ने बताउँदै तर उनीहरुले आफ्नो हिसाब किताब भने सही बनाएर नल्याउन्जेल  स्वीकृति दिन नमिल्ने बताए । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले केही दिनअघि चुनावको कारण वित्तीय विवरण स्वीकृत गर्न केही ढिलाई भएको बताएका थिए ।  

विगतमा महालेखापरीक्षकको कार्यालयले समेत १२ जना लेखापरीक्षक नियुक्त गर्दा पनि पूराना समस्या समाधान नभको भन्दै बीमा समिति, अर्थ मन्त्रालयदेखि अन्य सम्बन्धित निकाय कम्पनीसँग रुष्ट रहँदै आएका थिए । 

ओझा आएपछि भने पूरानो हिसाव फरफारक गर्ने कार्यले गति लिएको छ । उनले आफू सबै आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न आएको बताए । ओझाले भने, ‘एकै पटक सबै काम सकिन्छ सक्छु भन्ने मात्रै भन्दा पनि अकिएका कामहरु सम्पन्न गर्नेतिर ध्यान दिँदैछु ।’ 

Advertisement

Advertisement