एएफसी यु–१७ एसियन कप खेलका लागि नेपाल समूह एफमा पर्यो

Advertisement

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ । 

एएफसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह एफमा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनामा र चाइनिज ताईपेइ रहेका छन् । एएफसीले जारी गरेको तालिका अनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखी ९ सम्म हुने तालिका रहेको छ ।

Advertisement

सिंगल राउन्ड रोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउने छन । एएफसीले छनोट खेल्न लागेका एसियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर मंगलबार तालिका सार्वजनिक गरेको हो । १०  समूह अन्तर्गत समूह डी सम्म पाँच टोली रहेका छन्  । 

यस्तै अन्य समूहमा चार टोली समावेश गरिएको छ । एसियाली पावर हाउस समूह ए मा अटाएको छ भने छिमेकी भारत समूह डीमा समावेश छ । सँगै अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स पनि समूह डी मा नै रहेको छ । यस्तै भुटान र बंगलादेश समूह इ मा छन् भने श्रीलंका समूह जे मा समावेश छ ।

हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एसियन कप खेल्नेछ । एएफसी यु–१७ एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

Advertisement