बलेफी हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने, ओपन रेञ्ज कति ?

Advertisement

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । 

कम्पनीले आयोजना प्रभावितहरुकालाई वितरण गरेको १८ लाख २७ हजार ९ सय ९० कित्ता, सर्वसाधारणहरुका लागि (सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) का लागि वितरण गरेको १८ लाख २७ हजार ९ सय ७० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ४६ लाख २३ हजार ७ सय ६० कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

Advertisement

नेप्से र कम्पनीबीच धितोपत्र सूचीकरण सम्झौता आज भएको हो । अब भोलिबाट दोस्रो बजारमा कारोबार शुरु हुनेछ । 

शेयर कारोबारका लागि ९३.६४ देखि २८०.९२ रुपियाँ ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।     
 

Advertisement

Advertisement