पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न गरेर सञ्चालनमा ल्याउने सरकारको योजना

Advertisement

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षबमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना बनाएको छ । 

संसदमा मंगलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सञ्चालनमा ल्याउने बताइएको हो । पर्यटकीय शहर पोखरालाई विश्वका अन्य देशसँग हवाईमार्गबाट जोड्ने उद्देश्यले निर्माण गरिएको  विमानस्थल चीनको सहुलियतपूर्ण ऋण लगानीमा चिनियाँ निर्माण कम्पनीले बनाइरहेको छ । यो विमानस्थल यसअघि चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाललाई हस्तान्तरण भइसकेको छ । 

Advertisement

चार वर्षमा निर्माण सकाउने लक्ष्यसहित सन् २०१७ को नोभेम्बरदेखि सुरू भएको पोखरा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले पाएको थियो । विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो। 

कोरोना माहामारीका कारण निर्माणको काम पर धकेलिएको हो। सन् २०२३ जनवरीमा विमानस्थलको उद्दघाटन गर्ने सरकारको तयारी छ।

Advertisement

Advertisement