चुनाव खर्च उठाउन पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरिएको भन्दै विद्यार्थीहरुको विरोध प्रदर्शन

Advertisement

काठमाडौं । चुनाव खर्च उठाउन पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरिएको भन्दै विद्यार्थी तथा युवा संगठनहरुले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । 

नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विरोध प्रदर्शन गरेका हुन् । चुनाव खर्च उठाउन, पाइँदैन मुल्य बढाउन, चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन, उठौं जागौं युवा हो, बाँच्नलाई नै गाह्रो भो जस्ता नारा लेखिएका ब्उानर र प्लेकार्डसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

Advertisement

विद्यार्थी तथा युवाहरुले मुल्यवृद्धि फिर्ता लिन पनि माग गरे ।  नेपाल आयल निगमले सोमबार बेलुकी पेट्रोल, डिजल, मट्टितेलमा प्रतिलिटर १०–१० रुपियाँ र एलपी ग्यासमा प्रतिलिसिण्डर दुई सय रुपियाँ मूल्यवृद्धि गरेको थियो । 

Advertisement

Advertisement