वाणिज्य बैंकहरुमा जेठ लागेपछि सात अर्ब निक्षेप थपिंदा कर्जा लगानी तीन अर्ब बढ्यो

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा जेठ महिना शुरु भएपछि कूल निक्षेप ७ अर्बले बढ्दा कर्जा लगानी ३ अर्बले बढेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार जेठ ६ गतेसम्म कूल निक्षेप बढेर ४३ खर्ब ७७ अर्ब पुगेको छ । बैशाख मसान्तसम्म उक्त निक्षेप ४३ खर्ब ७० अर्ब थियो । 

Advertisement

यसैगरी जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुको कूल कर्जा लगानी ४ अर्बले बढेर ४१ खर्ब ९४ अर्ब पुगेको छ । बैशाख मसान्तसम्म उक्त कर्जा लगानी ४१ अर्ब ९१ अर्ब थियो ।    

Advertisement

Advertisement