अजोड इन्स्योरेन्सको सीईओमा दोहोरिए खत्री, बीमा समितिले दियो स्वीकृति

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीको कार्यकाल थपिएकोे छ । बीमा समितिले स्वीकृति दिएसँगै उनी आगामी चार वर्षका लागि दोहोरिएका हुन् ।

अजोड इन्स्योरेन्सको संचालक समितिले खत्रीलाई सीईओमा पुनः दोहोयार्उने निर्णय गरी बीमा समितिकम पेश गरेको थियो । अजोड इन्स्योरेन्स संचालनमा आएदेखि नै खत्रीले कम्पनीको व्यवस्थापन सम्हाल्दै आएका छन् ।

Advertisement

अजोड इन्स्योरेन्समा भाटभटेनी सुपर मार्केटको पनि लगानी छ । बीमा क्षेत्रमा २० वर्षभन्दा धेरै समय काम गरेको अनुभव संगालेका खत्रीले व्यवस्थापनमा स्नाकोत्तर गरेका छन् । 

Advertisement

Advertisement