एनआईसी एशिया बैंकको डीसीईओमा सन्तोष राठी बढुवा

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सन्तोष राठी बढुवा भएका छन् । उनलाई साउन १ गतेबाट लागू हुनेगरी बढुवा गरिएको हो । 

सहायक सीईओको रुपमा काम गर्दै आएका राठीलाई बैंकले बढुवा गरेको हो । एनआईसी एशियालाई सफल बनाउन पर्दा पछाडि सक्रिय र महत्वपूर्ण भूमिका खेल्दै आएका राठीलाई उक्त बैंकको भावी सीईआको रुपमा समेत हेरिन्छ । 

Advertisement

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफू बढुवा भएको स्वीकार गर्दै बैंकको जेठ ८ गते बसेको सञ्चालक समितिको बैठकले बढुवा गर्न निर्णय गरेको जानकारी दिए । 

उनी २०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ एशियाको विराटनगर शाखाको प्रबन्धकको रुपमा काम गर्दै आएका छन् । समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा दक्षता हासिल गरेका राठीसँग नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव छ । उनले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । 

Advertisement

Advertisement