नीति तथा कार्यक्रममा बीमा क्षेत्र उपेक्षित

Advertisement

काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा बीमा क्षेत्रलाई उपेक्षा गरेको छ । राष्ट्रपति विद्या भण्डारीबाट आगामी आर्थिक बर्षको लागि संसदमा मंगलबार प्रस्तुत दुई घण्टाभन्दा लामो नीति तथा कार्यक्रममा बीमा क्षेत्रलाई खासै महत्व दिइएको छैन् । 

नीति तथा कार्यक्रममा बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्ने र बीमा समितिको क्षमता अभिवृद्धि गर्ने मात्रै भनिएको छ । तर बीमा क्षेत्रले नीति तथा कार्यक्रम र बजेटका लागि भन्दै लामो सुझाव पेश गरेका थिए । 

Advertisement

आर्थिक विकासको महत्वपूर्ण सुचकको रुपमा बीमा रहने गरे पनि सरकार भने यो क्षेत्रलाई उपेक्षा गरेर आफै सामाजिक सुरक्षाका नाममा बजेट छर्ने काममा बढी केन्द्रत देखिन्छ ।

Advertisement

Advertisement