राजश्व छलि गर्ने पाँच जना बिरुद्ध दुई करोड ३६ लाख बढीको मुद्दा

Advertisement

काठमाडौँ । राजश्व छलि गर्ने पाँच जना बिरुद्ध २ करोड ३६ लाख बढी माग दाबीसहित मुद्दा दर्ता गरिएको छ ।

राजश्व अनुसन्धान विभागले नेपालगञ्ज स्थित आलिया ट्रेड एण्ड सप्लायर्सका सञ्चालक मोहम्मद मेहेमुद अन्सारी र छोर्तेन इन्टरप्राइजेजका प्रतिनिधि मोहम्मद सलिम सिद्धिकी, मोहमद आरिफ सैयाद, नेपालगञ्ज भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत टोपबहादुर भुसाल, नायब सुब्बा रेवतीराज गिरी र भन्सार एजेन्ट डिल्लिराम तामाङ बिरुद्ध मुद्दा दर्ता गरिएको हो । 

Advertisement

राजश्व अनुसन्धान विभागले गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा राजश्व छलि गरेको पुष्टी भएपछि आज उच्च अदालत तुलसीपुर नेपालगञ्जमा मुद्दा दर्ता गरिएको हो । 

नेपालगञ्ज भन्सार कार्यालय परिसरमा रोकीराखेको अवस्थाको यूपी४०टी ४२५९ नम्बरको मिनि ट्रक चेकजाँच गर्दा भन्सार प्रज्ञापन पत्रमा मालबस्तुको घोषणामा फरक पारिएको, अस्वभाविक न्यून मूल्य घोषणा गरेको, मालबस्तु भन्सारमा घोषणानै नगरी पैठारी गरेको मालवस्तुको घोषणा गर्दा कन्ट्री अफ ओरिजिन, बनावट गुणस्तर विशेषता मूल्य फरक पारी घोषणा गरेको, मालवस्तुको अस्वभाविक तरिकाले न्यून घोषणा गरी राजश्व चुहावट गरेको विभागले विज्ञप्ति प्रकाशित गरी जनाएको छ । 
       

Advertisement

Advertisement