काबेली ३ जलविद्युत आयोजनामा जुट्यो लगानी

Advertisement

काठमाडौं । काबेली ३ जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । २१.९३ मेगावाटको उक्त आयोजना निर्माणको लागि एनएमबि बैंकको अगुवाइमा ३ अर्ब बढी लगानी जुटेको हो ।

ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवर्द्ध गरिएको जलविद्युत आयोजना हो ।

Advertisement

सो आयोजनाको कूल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रुपैयाँ छ । जसमध्ये बैकहरुको ३ अर्ब २१ करोड ३० लाख रुपियाँ ऋण लगानी छ ।

आयोजनामा एनएमबि बैंक अगुवा बैंक र सह–वित्तीय करणमा सेञ्चुरी कमर्सियल बैंक सहभागी छ ।  

Advertisement

Advertisement