प्रतिपक्षी नेताको प्रश्न– सत्तापक्षकै साँसदले ताली नबजाएको नीति कार्यक्रम कस्तो होला ?

Advertisement

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले इतिहासमै कमजोर नीति तथा कार्यक्रम ल्याएको प्रतिक्रिया दिएको छ । राष्ट्रपति भण्डारीले आज संसदमा आउँदो आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।  

एमाले नेता प्रदीप ज्ञवालीले सरकारको बार्षिक नीति तथा कार्यक्रम इतिहासकै फितलो र कमजोर भएको टिप्पणी गर्दै सत्तापक्षकै सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गर्न नसकेको बताए । 

Advertisement

उनले भने, ‘इतिहासकै सबैभन्दा कमजोर र फितलो नीति तथा कार्यक्रम होला यो जसलाई सत्तापक्षले समेत समर्थन गर्न सकेन ।’ नीति तथा कार्यक्रम पेश हुँदा एउटा पनि ताली नबजेको भन्दै उनले जे कुरा समेटिनुपर्ने थियो त्यो नसमेटिएको बताए । 

ज्ञवालीलेथपे,  ‘जे हुनुपथ्र्यो भएन । देश आर्थिक कुटनीतिक हिसावले अप्ठेरोमा छ । तर हामी अप्ठेरोमा छौं यसरी अघि बढ्छौँ भन्ने कार्यक्रममा केही छैन ।’

त्यस्तै एमालेका अर्का नेता योगेश भट्टराईले पनि नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पूरा नगर्ने प्रतिक्रिया दिए । उनले भने, ‘समस्या सम्बोधन गर्ने कुनै विकल्प आएका छैनन् । आउने वर्ष डरलाग्दो आर्थिक संकट हामीले सामना गर्नु पर्ने हुन्छ । मुलुक त्यतातिर जाँदैछ ।’

सरकारको नीति तथा कार्यक्रम समयको बर्बादी मात्रै भएको टिप्पणी गर्दै भट्टराईले थपे, ‘यो नीति तथा कार्यक्रम समयको बर्बादी​ मात्र हो । यो सरकार जति समय रहन्छ त्यो पनि समयको बर्बादी हो ।’

Advertisement

Advertisement