आज (जेठ ११)को राशिफलः तपाईंको पेशा, व्यवसाय, आर्थिक स्थिति कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल जेठ महिनाको ११ गते बुधबार, ज्येष्ठ कृष्णपक्षको दशमी तिथि रहेको छ ।

मेष
भोज भतेरमा सहभागी हुनु पर्ने छ । पेशागत जीवन द्वन्दग्रस्त हुने छ । बोलीको प्रभाव कम हुने भएकाले संयमित रहँदा नै फाइदा हुने छ । आर्थिक दबाब पर्ने छ । मनमा निराशा र वैचैनी विद्यमान रहने छ । दाम्पत्य जीवनमा एक अर्कालाई साथ दिने कटिबद्ध मनसाय रहने छ । यौन जीवनमा संयमित रहने प्रयास गर्नु होला । शेयर बजारबाट लाभ मिल्ने छ ।

Advertisement

वृष
सशक्त इच्छाशक्ति भएको व्यक्तित्व हुने छ । पेशागत जीवनमा क्रमशः सकारात्मकता देखा पर्न जाने छ । आर्थिक चक्र भने असन्तुलित रहने भएकाले ऋण लिनु पर्ने अवस्था निम्तिन सक्छ । कठिन क्षणहरुमा पनि धैर्य भएर निरन्तर अघि बढ्न आँट प्राप्त हुने छ । समाजले जत्ति गरे पनि राम्रो मुल्यांकन गरेन भन्ने लागि रहने छ । शेयर बजार औसत रहने छ । 

मिथुन 
बौद्धिक क्षेत्रमा सक्रियहरुलाई अवरोधको सामना गर्नु पर्ने छ । व्यापार व्यवसायमा रहेकाहरुलाई भने आर्थिक नाफा प्राप्त हुने छ । सामाजिक कामहरुमा सहभागि हुन उदासिनता आउने छ । कुलततर्फ मन जाने भएका हुनाले यसलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । कार्य सफलतामा कमि आउँदा नैराश्यताले पेल्ने छ । जीवनसाथिको साथले ठुलो राहत प्रदान गर्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । 

कर्कट
बादबिबाद र कठिनाईहरु भोग्दै अघि बढ्नु पर्ने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन् । आर्थिक रुपमा व्यवस्थापन गर्न धौधौ हुने छ । परिवारमा पनि तनावपूर्ण वातावरण सृजना हुँदा अशान्तिको वातावरण उत्पन्न हुने छ । मानकि रुपमा दुविधा र अन्योलले घेर्ने छ । बोलीमा रुखोपना देखिने छ । शेयर बजारबाट अपेक्षाकृत लाभ मिल्ने छैन् । 

सिंह
नयाँनयाँ काम गर्न मन  लाग्ने छ । खासगरी सृजनशिल कर्महरुमा अघि बढ्न मन लाग्ने छ । पेशागत जीवनमा आफुले सोचे जस्तो गरी परिस्थिति अनुकुल बन्ने छ । थप महत्वपूर्ण जिम्मेबारी वहन गर्न पाइने छ । समाजले कदर गर्ने छ भने मानसम्मान प्राप्त हुने समय छ । भोज भतेरमा सहभागि हुन पाइने छ । चिसोले भने सताउला । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कन्या
सवारीसाधन प्रति मोह बृद्धि हुने छ । रसिक खालको स्वाभावले गर्दा पार्टीहरुमा जम्ने तथा साथिभाइसँगको रंग रमाईलोमा रम्ने स्वाभाव हुने छ । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । बोली प्रभावका कारण अरुको विश्वास जित्न सकिने छ । बौद्धिकतामा भने कमि आउने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् । 

तुला
आर्थिक रुपमा कठिनाईको अवस्था आउने छ । मनोबल कमजोर हुँदा सहकर्मीहरुले पनि हेप्ने छन् । पेशागत जीवनमा तनावपूर्ण अवस्था रहने चुनौति रहेकाले विचार पुर्याउनु होला । दाम्पत्य जीवनमा बुझाईको अन्तर हुने छ । परिवारक सदस्यहरुबीच किचकिचको अवस्था रहँदा सामाजिक छवि धुमिल हुने छ । शेयर क्षेत्रबाट लाभ प्राप्त हुने छैन् । 

वृश्चिक
खर्चको क्रमहरु बढ्न पुग्ने छ । आम्दानीमा बढोत्तरी नहुँदा आर्थिक सन्तुलनको दबाब कायम रहने छ । पेशागत जीवनमा झैझगडाको अवस्था वा बैमनश्यता हुने हुँदा विचार गरेर मात्र कदमहरु चाल्नु उपयुक्त हुने छ । दरिलो र आँटिलो स्वाभाव हुने भएकाले जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । रिस कडा हुने छ । शेयर क्षेत्र आँशिक अनुकुल हुने छ । 

धनु 
चालेका कदमहरु सफल हुने हुँदा मनमा उत्साह रहने छ । तर बढि उत्साही हुने भन्दा व्यावहारिक बन्नु फलदायी रहने छ । पेशागत जीवन सन्तुलित अघि बढ्ने छ । व्यवस्थापकीय क्षमतामा हुने कलाले सबैको चित्त बुझाउन सक्ने व्यक्तित्व हुने छ । आम्दानीमा गुणात्मक बृद्धि हुने छ । नशालु पदार्थबाट टाढै बस्ने प्रयास गर्नुहोला । दाम्पत्य जीवनमा भने बुझाईको कमि रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छैन् । 

मकर 
मनमा दृढताको मात्रा बृद्धि हुँदा राहत मिल्ने छ । केही सकारात्मक संकेतहरु आउने हुँदा उत्साह जाग्ने छ । पेशागत जीवनमा भने शान्त भएर कदमहरु चाल्नु होला । आम्दानी नबढे पनि घट्ने पनि छैन् । शारीरिक स्वास्थ्य कमजोर हुने हुँदा दबाब महशुस हुने छ । अस्पतालजन्य खर्च बढ्न जाने छ । शेयर क्षेत्रबाट फाइदा प्राप्त हुने छ । 

कुम्भ 
अरुको विश्वास आर्जन गर्न सफल भए पनि सोअनुसारको नतिजा देखिई हाल्ने छैन् । पेशागत जीवन सन्तुलित रहने छ । आर्थिक पक्ष पनि असन्तुलित नै रहने छ । खर्चको मात्रा भने निरन्तर बढि रहने छ । मनोबल उच्च रहनाले दृढता कायम रहने छ । पारीवारिक वातावरण भने अशान्तिले घेरिएको हुने छ । शेयर क्षेत्र औसत प्रकृतिबो बन्ने छ । 

मीन
बोलीमा एक्कासी रुखोपना र खडापना देखिने छ । चिटचिटापनले गर्दा अधैर्यताको अवस्था आउने छ । पेशागत जीवनमा अपेक्षाकृति कार्यप्रदर्शन हुन सक्ने छैन् । ब्यापार बिजनेशबाट आँशिक लाभ प्राप्त हुने छ । आर्थिक अवस्था धेरै बिग्रने छैन् । परिवारमा झैझगडायुक्त तनावपूर्ण अवस्था रहने छ । स्वास्थ्य कमजोर रहने छ । शेयर बजार अनुकुल बन्न सक्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement