सरकारका संस्थानहरुको अवस्था खस्कियो, नाफामा ४५.४२ प्रतिशतको गिरावट

Advertisement

काठमाडौँ । राज्यको ठूलो लगानी रहेका र सेवासँगै नाफा पनि गर्ने उद्देश्यले स्थापना भएका सार्वजनिक संस्थानहरु राज्यलाई नै बोझ भएका छन् । सार्वजनिक संस्थानहरुको अवस्था गएको आर्थिक बर्षमा अघिल्लो आर्थिक अवस्थाभन्दा खस्किएको छ । 

संस्थानहरुको खुद नाफा ४५.४२ ले घटेको छ । अर्थ मन्त्रालयले शनिबार सार्वजनिक गरेको संस्थानहरुको आर्थिक वर्ष २०७६–७७ को अवस्थासम्वन्धी प्रतिवेदनअनुसार नाफामा गिरावट आई २६ अर्ब ३५ करोड ८८ लाख रुपियाँ पुगेको छ ।

Advertisement

संस्थानहरुको कुल सञ्चालन आयमा सामान्य वृद्धि भए पनि खुद नाफा भने खस्किएको हो । संस्थानहरुको कुल सञ्चालन आय चार खर्ब २८ अर्ब ७१ करोड ३४ लाखबाट बढेर गएको आर्थिक बर्षमा चार खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रुपियाँ पुगेको छ ।

समीक्षा अवधिमा संस्थानहरुबाट लाभांश ५२.३३ प्रतिशतले घटेर छ अर्ब ७२ करोड १४ लाख प्राप्त भएको छ । अर्थ मन्त्रालयले कोभिड महामारीको कारण संस्थानहरुको कार्यप्रगति राम्रो हुन नसककेको बताएको छ । 

संस्थानहरुको सञ्चित नाफा एक खर्ब १३ अर्ब ५६ करोड पुगेको छ । आर्थिक बर्ष २०७७–७८ को तुलनामा यो ३.३५ प्रतिशतले वृद्धि हो । त्यस्तै, सञ्चित नोक्सानी अघिल्लो आर्थिक बर्षभन्दा ३६.३६ प्रतिशतले बढेर २१ अर्ब ७८ करोड पुगेको छ । 

हाल सञ्चालनमा रहेकामध्ये २२ संस्थान नाफा र १९ संस्थानले घाटा व्यहोरेका छन् भने बाँकीको कारोबार शून्य रहेको छ । 

Advertisement

Advertisement