नेपाल विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । 

संघीय संसद्को संयुक्त बैठकमा अर्थभन्त्री जनार्दन शर्माबाट पेश भएको आगामी आर्थिक वर्षको बजेटमा नेपाल विद्युत् प्राधिकरणको साधारण शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि जारी गरिने उल्लेख छ ।

Advertisement

अर्थमन्त्री शर्माले शेयर विनिवेशबाट प्राप्त रकम जलाशययुक्त आयोजना निर्माण र ऊर्जा पूर्वाधारमा लगानी गर्ने बताए । शेयर जारी गर्ने प्रयोजनका लागि नेपाल विद्युत् प्रधिकरणको क्रेडिट रेटिङ यसअघि नै सम्पन्न भइसकेको छ ।

Advertisement

Advertisement